सुर्यविनायक नगरपालिका वडा नं. ३ नेपाली कांग्रेसका वडा अध्यक्ष उम्मेदवारलाई नै भोट किन ?

काठमाडौँ । सुर्यबिनायक नगरपालिका वडा नं–३ बाट समाजसेवी दीपेन्द्र केसी नेपाली कांग्रेस बाट वडा अध्यक्षमा मनोनयन दर्ता गरि घर दैलो कार्यक्रममा ब्यस्त रहेका छन् । समाजसेवी तथा प्रशासनिक अनुभव प्राप्त केसीलाई सुर्यबिनायक नगरबासीले सधै समाजको सेवामा समर्पित युवाको रुपमा चिन्छन । समाजमा रहेको समस्यामा सधै अग्रसरता देखाउने केसी वडाको सामाजिक गतिबिधीमा अग्रसर हुँदै समस्यालाई समाधान गर्ने उपायहरु अबलम्बन गर्छन् । उनले जीत पछीको ५ बर्षे कार्यकालको एजेन्डा समेत तयार पारेका छन् ।

उम्मेदवार दीपेन्द्र केसीका एजेण्डा के के छन् त ?

१) शिक्षा र स्वास्थ्यमा सबै वडाबासीको पहुँच पुर्याउने । सबैले शिक्षा र स्वास्थ्यको पहुँच सजिलै पाउनु जनताको अधिकार हो । म यो क्षेत्रमा दत्त चित्त भएर लाग्ने छु । प्रत्येक २ महिनामा स्वास्थ्य शिबिरको आयोजना गर्ने छु ।
२) स्वच्छ खानेपानी । दिनको कम्तिमा १ हजार लिटर पानी प्रत्येक घरलाई बितरण गर्ने लक्ष लिएको छु ।
३) हिलो रहित बाटो । गोरेटो बाटोलाई चौडा बनाउने र चौडा बाटो लाई ब्यबस्थित गर्ने , बाटोहरुमा कम्तिमा ग्राईभेल गर्ने , ढुंगा छाप्ने, ढलान गर्ने , पीच गर्ने लक्ष लिएको छु ।
४) ढलको बिकास । ढलको पहुँच सबै वडाबासीको घरमा पुर्याउने ।
५) जात्रा संस्कृति र सम्पदा जोगाउने । जात्रा सस्कृति र सम्पदा प्रबर्धनका लागी गन्यमान्यहरुसँग हातेमालो गरेर अगाडी बढ्ने । यसलाई प्रयोग गरेर पर्यटन बिकास गर्ने ।
६) वडामा हुने दैनिक काम चुस्त ढंगले छिटो छरितो गर्ने । जन्म दर्ता, बिबाह दर्ता,मृत्यु दर्ता अति आबस्यक काम १ घण्टा भित्र गरि सक्ने ।
७) घरेलु हिंसा तथा बालश्रम मुक्त वडा बनाउने ।
८) भ्रष्टाचार मुक्त वडा बनाउने ।
९) बिकास निर्माणको काम लाई उपभोक्ता समिति लाई जिम्मेवार बनाउने । आफु भन्दा माथी वडालाई राखेर काम गर्नेछु ।
१०) वडाबाट गरिने सिफारिस निबेदन बिना झन्झट सजिलै उपलब्ध गराउने ।
११) वडामा भएको सार्वजनिक जग्गा संरक्षण गर्ने । खेलकूद मैदान बनाउने
१२) वडा भित्र रोजगारी सृजना हुने कार्यक्रम हरु ल्याउने । ब्यापार ब्यबसाय गरी रोजगारी सिर्जना गर्नेलाई साथ र सहयोग गर्ने ।
१३ ) कृषि मा निर्भर किसानलाई सामुहिक कृषि अबधारणामा लाग्न प्रेरित गर्ने आबश्यक बिउ बिजन , मल र अनुदान उपलब्ध गराउने ।
१४) वडालाई सुरक्षित राख्नेछु । त्यसको लागी सुरक्षा परिचालन सँगै चोकचोकमा सिसि क्यामेरा राख्ने प्रबन्ध मिलाउने छु ।
१५) माथी उल्लेखित बाहेक वडालाई आबश्यकता अनुसारको बिकास निर्माण का गतिबिधी गर्दै लाने । यसको लागी सबै वडाबासीको सहयोग लिने । रहेका छन्। अघिल्लो निर्वाचनमा ५सय १० मतान्तरले जितेको यस वडामा यसपटक पनि हाम्रो विजय लगभग पक्का रहेको उम्मेदवार के सीले बताएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *