भारतमा कुल सङ्क्रमितको सङ्ख्या चार करोड ३० लाख ८८ हजार

काठमाडौँ । भारतमा कोरोना भाइरसबाट सङ्क्रमित भएकाहरुको कुल सङ्ख्या चार करोड ३० लाख ८८ हजार ११८ पुगेको छ ।ती मध्ये तीन हजार २०५ जना पछिल्लो २४ घण्टामा सङ्क्रमित भएको सरकारी अधिकारीहरुले बुधबार जानकारी दिएका छन् ।

नयाँ सङ्क्रमित मध्ये एक हजार ४१४ जना भने दिल्ली प्रदेशका मात्रै रहेका छन् । पछिल्लो समयमा दिल्ली प्रदेशमा नयाँ सङ्क्रमितहरुको सङ्ख्या धेरै बढेको छ । संघीय स्वास्थ्य मन्त्रालयकाअनुसार भारतको सङ्घीय राजधानी नयाँ दिल्लीमा मात्रै अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या पाँच हजार ९८६ रहेको छ । देशभरी सक्रिय सङ्क्रमितको सङ्ख्या भने १९ हजार ५०९ रहेको छ ।

पछिल्लो एक दिनमा कोरोना भाइरसका कारण भारतमा ३१ जनाको मृत्यु भएको मन्त्रालयका अधिकारीहरुले जनाएका छन् । भारतमा अहिलेसम्म कोरोना भाइरसका कारण मृत्यु भएकाहरुको सङ्ख्या पाँच लाख २३ हजार ९२० रहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *