रुसी हमलामा पूर्वी युक्रेनमा २१ सर्वसाधारणको मृत्यु

काठमाडौँ । रुसको पछिल्लो हमलामा कम्तीमा २१ सर्वसाधारणको मृत्यु भएको छ । पूर्वी युक्रेनमा भएका ती हमलामा २७ जना घाइते भएका दोनेत्सका गर्भनरले बताए । पूर्वी युक्रेनमा रुसले आफ्नो सैन्य कारबाही तीब्र पारेको छ । रुसको वायुसेनाले युक्रेनमा ३९ सैन्य केन्द्रमा आक्रमण गरेको रुसी रक्षा मन्त्रालयका अधिकारीलाई उदृत गर्दै रुसी समाचार संस्था तासले जनाएको छ । तीमध्येः दुई कमाण्ड पोष्ट र युक्रेनको सशस्त्र बलको जनशक्ति र सैन्य उपकरणहरूको क्षेत्र रहेको मन्त्रालयका मेजर जनरल इगोर कोनासेन्कोभले बताए ।

युक्रेनले रुसलाई मूर्ख बनायोः बाइडेन

यसैबीच, अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनी सेनाले अमेरिकी सैन्य सहायताको सहयोगमा ‘रुसी सेनालाई मूर्ख बनाएको’ बताएका छन् । युक्रेनी राष्ट्रपति भोलोदिमिभर जेलेन्स्कीले पूर्वी बन्दरगाह सहर मारिओपोलको एउटा कारखानाबाट मुक्त भएका १५६ सर्वसाधारण नागरिक युक्रेन नियन्त्रित सहर जापोरिझिया पुगेको बताएका छन् । कारखानमाा फसेका अन्य व्यक्तिहरूको उद्दारका लागि राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आह्वान गरेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *