नेपाली जनताको आशाको केन्द्र एमाले हो : ओली

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताको आशाको केन्द्र एमाले नै भएको दाबी गरेका छन् । कैलालीको बर्दगोरियामा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेको विजयलाई कसैले रोक्न नसक्ने जिकिर गरेका छन् ।

विकास र समृद्धिका कुरामा बढी समय खर्चीयका ओलीले कैलालीका १३ स्थानीय तहमा एमालेले विजय प्राप्त गर्नेमा ढुक्क भएको बताए । आफूहरू प्रति विभिन्न कोणबाट आक्रमण भइरहेको तर त्यस्ता आक्रमणको विद्रोह भइरहेका कारण देशमा अबको आवश्यकता एमाले भएको प्रस्ट भइसकेको ओलीले दाबी गरेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published.