सिद्धार्थ इन्स्योरेन्सले भुक्तानी गर्यो ९ करोड दावी बीमा

काठमाडौं । गत वर्षे मनसुनका कारण भौतिक निर्माण कार्यमा भएको क्षतिको दावी बीमा सिद्धार्थ इन्स्योरेन्सले भुक्तानी गरेको छ । गत असोज ३१ देखि कात्तिक २ गतेसम्म परेको वर्षातका कारण कञ्चनपुरको भिमदत्त–१२ ओदाली स्थित निर्माणाधिन ६ लेनको सडक र मनोरञ्जन पार्कको निमित्त बनेका पोखरीका संरचना भत्काएको थियो ।

उक्त निर्माणको ठेक्का पाएको कुमार–सी एफ इसी जेभीले दावी बीमा बापत्को रकम आठ करोड ९७ लाख ९८ हजार रुपैयाँ बीमा रकम प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र वैदवार क्षेत्रीले बीमित कम्पनीका प्रतिनिधी शुशीलकुमार श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् ।

साथै, चालु आर्थिक वर्ष २०७८÷७९ को हाल सम्म यस कम्पनीले ७ हजार ८२८ वटा दावी फर्छ्यौट गरी १अर्ब ७ करोड ६० लाख २६ हजार ९४८ रुपैयाँ तथा अग्रिम दाबीबापत ८ करोड भुक्तानी गरेको छ भने फर्छ्यौट गर्न बाँकी दावीको संख्या ३ हजार ८५७ (कोरोना दावी वाहेक) रहेको कम्पनीले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *