सिद्धार्थ बैंकको ‘प्लाटिनम प्लस’ बचत खातामा ८ प्रतिशत ब्याज

काठमाडौं । सिद्धार्थ बैंकले नयाँ वर्षको अवसरमा नयाँ बचत खाता सेवा संचालनमा ल्याएको छ । बैंकले ८.०३ प्रतिशत ब्याज प्राप्त गर्न सकिने ‘प्लाटिनम प्लस’ नामक बचत खाता सञ्चालनमा ल्याएको हो ।

यस बचत खातामा मासिक ब्याज भुक्तानी, प्रायोरिटि बैंकिङ्ग सेवा, लकर सेवा शुल्कमा ५० प्रतिशतको छुट (पहिलो वर्षको लागि) रहेको छ । यसका साथै यसमा पहिलो वर्ष डेबिट कार्ड, मोबाईल बैंकिङ्ग, एसएमएस अलर्ट सेवा, इन्टरनेट बैंकिङ्ग, क्रेडिट कार्ड, डिम्याट र मेरो सेयर र प्रिपेड कार्ड सेवा निःशुल्क रहेको छ । १९० शाखा कार्यालयहरुबाट सहजै यो खाता खोल्न सकिने बैंकले जानकारी दिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published.