१६ वर्षीया किशोरीलाई बसपार्कमा बलात्कार

काठमाडौं । उदयपुरमा १६ वर्षीया किशोरी बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको आरोपमा प्रहरीले त्रियुगा नगरपालिका–३ बस्ने खोटाङ दिप्रुङचुईचुम्मा घर भएका २८ वर्षीय राजन राउतलाई बुधबार पक्राउ गरेको छ । राउतले ती किशोरीलाई मंगलबार राति त्रियुगा नगरपालिका–३ त्रियुगा बसपार्कमा बलात्कार गरेको प्रहरीले जनाएको छ ।

बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *