ऐतिहासिक फोटो

झापा । समय २०३६ सालको जनमत संग्रहमा बहुदलीय ब्यवस्था ल्याउनै पर्छ भनेर देश दौडाह गर्ने क्रममा महामानव बिपि कोइराला पुर्व दौडाहामा झापा जिल्ला स्थित बिर्तामोड पुग्नु भयो । बिपिको झापा बसाई नेपाली कांग्रेसका चिन्तक एवम् बौद्दिक नेता सिके प्रसाईको निजि निवासमा ब्यवस्था मिलाईएको थियो । तेही दर्मियानमा झापा, बिर्तामोडको (हालको कृषिथोक बजार) खुल्ला चौरमा आयोजना गरिएको विशाल आमसभाको एउटा तस्विर । आमसभामा महामानव बिपि सहित कृष्ण प्रसाद भट्टराई, गिरिजा प्रसाद कोइराला, सि के प्रसाईको पनि उपस्थिति रहेको थियो । (तस्वीर संकलन: सिधार्थ नवीन उप्रेती)

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *