पाँच स्वतन्त्र उम्मेदवारले गरे कांग्रेसलाई समर्थन

काठमाडौँ । सुर्खेतको भेरीगङ्गा नगरपालिकामा पाँच जना स्वतन्त्र उम्मेदवारले कांग्रेस पार्टीका उम्मेदवारलाई समर्थन गर्ने भएका छन् । उनीहरुले आज एक प्रेस विज्ञप्ति जारी गर्दै कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने जनाएका हुन् ।

स्थानीय तह निर्वाचन–२०७९ अन्तर्गत सुर्खेतको भेरीगङ्गा नगरपालिकामा पाँच स्वतन्त्र उम्मेदवारले नेपाली कांग्रेसका आधिकारिक उम्मेदवारलाई समर्थन गरेका हुन् । भेरीगङ्गा नगरपालिकाको प्रमुख पदमा स्वतन्त्रतर्फबाट उम्मेदवारी दिएका मानबहादुर बुढा मगरले बिहीबार विज्ञप्ति जारी गर्दै आफूले कांग्रेसका आधिकारिक उम्मेदवारलाई समर्थन गर्ने बताए ।

त्यस्तै कांग्रेसका उम्मेदवारलाई समर्थन गर्दै भेरीगङ्गा नगरपालिका–५ का वडाध्यक्ष पदका उम्मेदवार ढालबहादुर बराल, महिला सदस्य पदका उम्मेदवार कमला पुन मगर, सदस्य पदका उम्मेदवार मनबहादुर पुनमगर र टोपबहादुर आलेले विज्ञप्ति जारी गरेका छन् । आयोगले तोकेको समयमा आफ्नो उम्मेदवारी फिर्ता नभए पनि कांग्रेसका उम्मेदवारलाई आफ्नो समर्थन रहेको उनीहरुले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *