रुसी फौज मारिओपोलको स्टिल कारखानाभित्र पस्योः युक्रेन

काठमाडौँ । रुसले मारिओपोलको अजोभस्टल स्टिल कारखानामा रहेका आफ्ना बाँकी सैनिकहरूलाई समाप्त पार्ने प्रयास गरिरहेको युक्रेनले बिहीबार बताएको छ । मस्कोका फौजहरू कारखानाभित्र प्रवेश गरेको किभका अन्तिम रक्षकहरूले बताएका छन् ।

‘रूसी आक्रमणकारीहरूले एजोभस्टल क्षेत्रमा युक्रेनी एकाइहरूलाई अवरुद्ध गर्न र नष्ट गर्न खोजिरहेका छन्’, किभको सेनाले एक विज्ञप्तिमा भनेको छ, ‘कारखाना नियन्त्रणमा लिन रुसले पुनः आक्रमक कारबाही गरेको छ । ’ रुसले घोषणा गरेको युद्धविरामलाई घेरामा राखिएको प्लान्टमा सुरु हुन लागेको बेला यो बयान आएको हो, जहाँ सयौं युक्रेनी सैनिक र केही नागरिक हप्तादेखि फसेका छन् ।

रुसी सेनाले घोषणा गरेको युद्ध विराम केही सातादेखि घेरा हालिएको कारखानामा लागू हुन केही समय बाँकी रहँदा सो विज्ञप्ति सार्वजनिक भएको हो । सो कारखानामा सयौँ युक्रेनी सेना र केही सर्वसाधारण हप्तौँसम्म त्यहाँ फसेका थिए । मारिओपोलको रक्षाको नेतृत्व गर्दै आएका अजोभ बटालियनका कमाण्डरका अनुसार रुसी सैनिकहरू प्लान्टमा प्रवेश गरिसकेका छन् र त्यहाँ रक्तपातपूर्ण लडाइँ चलिरहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *