लुम्बिनी विकास बैंकको थप नयाँ दुई शाखा

काठमाडौँ । लुम्बिनी विकास बैंकले थप दुई शाखाहरुको उद्घाटन गरेको छ । बैंकले ८० औं शाखाको रुपमा कलंकी शाखा र ८१ औँ शाखाको रुपमा नुवाकोट जिल्ला बिदुर नगरपालिकास्थित बट्टार शाखाको उद्घघाटन गरेको हो ।

कलंकी शाखाको उद्घघाटन बैंकका सञ्चालक समितिका अध्यक्ष दशरथ रिसाल र बट्टार शाखाको उद्घघाटन बैंकका सञ्चालक चिन्तामणि भट्टराई र नुवाकोट उद्मोग वाणिज्य सघंका अध्यक्ष तारा बहादुर कार्कीले संयुक्त रुपमा गरेका छन् । बैंकले देशको ७ वटै प्रदेशमा ८१ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ र निकट भविष्यमा कपिलवस्तुको चन्द्रौटा,बर्दियाको ताराताल,कैलालीको लम्की र मसुरिया एवं कंचनपुरको बाणी समेत गरी थप ५ शाखा खोल्नको लागी तयारी गरिरहेको जानकारी दिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *