सूर्या लाइफका बीमितलाई व्याज छुट

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सले व्यतित बीमालेखमा ३५ प्रतिशतसम्म व्याज छुट दिने भएको छ । इन्स्योरेन्सले विभिन्न कारणले तोकिएको समयमा बीमाशुल्क बुझाउन ढिला भएका बीमितहरुलाई सो मात्राको छुट दिएको हो । इन्स्योरेन्सका अनुसार बीमितहरुले अन्तिम बीमाशुल्क भुक्तानी गरेको मितिले २ वर्षदेखि व्यतित भएका बीमालेखमा ३५ प्रतिशत व्याज छुट पाउने भएका हुन् । यो छुट २०७९ बैशाख २१ गतेदेखि २०७९ जेठ ३१ गतेसम्म मात्रै लागू हुने इन्स्योरेन्सले जनाएको छ ।

साथै, सन् २०२२ मा परिपक्व हुने बीमालेखमा भने यो छुट लागू नहुने इन्स्योरेन्सले जनाएको छ । त्यस्तै, यो सुविधा अन्तर्गत एक पटक व्याज छुट लिई सकेका बीमितहरुलाई बीमा अवधिभरी पुनः छुट नदिइने कम्पनीले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *