बोल्न नसक्ने बालिकालाई बलात्कार

काठमाडौँ । उदयपुरमा फरक क्षमता भएकी १६ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा एक युवालाई प्रहरीले पक्राउ गरेको छ ।त्रियुगा नगरपालिका-३ त्रियुगा बसपार्कमा १६ वर्षीया बोल्न नसक्ने बालिकालाई बलात्कार गरेको अभियोगमा खोटाङ घर भई त्रियुगा नगरपालिका- ३ मोतिगडा बस्दै आएका २८ वर्षीय राजन राउतलाई जिल्ला प्रहरी कार्यालय उदयपुरले नियन्त्रण लिएको हो ।

फरक क्षमता भएकी बालिकालाई जबरजस्ती करणी गरेको भन्दै पीडितका आफन्तले जिल्ला प्रहरी कार्यालय उदयपुरमा जाहेरी दिएपछि प्रहरीले राउतलाई नियन्त्रणम लिएर अनुसन्धान थालेको हो । उनलाई उदयपुर जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर प्रारम्भिक अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकृत प्रहरी नायव उपरीक्षक सन्तोष आचार्यले जानकारी दिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *