मेयर उम्मेदवारको सवारीसाधनमा आगजानी, कारबाहीको माग

काठमाडौं । राप्रपाले मोरङको बेलबारी नगरपालिकामा मेयर पदका उम्मेदवार खेमराज गौतमको सवारीसाधन आगजनी गर्नेलाई कारबाही गर्न माग गरेको छ । राप्रपाबाट मेयर उम्मेदवार बनेका गौतमको सवारीसाधनमाथि पेट्रोल छर्किएर आगजानी गरिएपछि सो पार्टीले दोषीमाथि कारबाही गर्न माग गरेको हो ।

उम्मेदवार गौतमको सवारीसाधनमाथि आगजानी गरिएको घटना निन्दनीय रहेको भन्दै राप्रपाले घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेको हो । ‘मोरङको बेलबारी नगरपालिकामा राप्रपाको तर्फबाट मेयर पदका उमेदवार खेमराज गौतमको सवारीसाधनमाथि आगजनी गरिएको घटना दुःखद र निन्दनीय छ । सिसिटिभी फुटेजबाट मोटरमा पेट्रोल छर्केर आगो लगाउने व्यक्तिको पहिचान भएको र नेपाली कांग्रेसको कार्यकर्ताको रुपमा परिचित निज पक्राउसमेत परिसकेको अवस्थामा घटनाको यथार्थ विवरण लिन, निजलाई उक्साउने व्यक्ति, समूह र दलबारे सत्यतथ्य छानबिन गरी हदैसम्मको कारबाहीको माग गर्दछौं,’ राप्रपा प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

राप्रपाले निष्पक्ष र भयरहित निर्वाचनको वातावरण बनाउन सरकार र निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *