समान मुद्दा, समान लडाइ तर निर्वाचनको मैदानमा एक्ला–एक्लै

काठमाडौं । अर्को हप्ता शुक्रबार अर्थात् वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ । देशैभर ७ सय ५३ मध्ये छन् । ती मध्ये १ सय ३६ पालिका मधेश प्रदेशमै छन् । त्यसैले मधेश प्रदेशलाई प्रमुख दलहरूले महत्व दिएका छन् । तर मधेशलाई केन्द्रित गरी खोलिएका दलहरू भने मधेशमा एक्लाएक्लै चुनाव लड्दै छन् । मधेशलाई केन्द्रित गरी जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, तराई मधेश लोकतान्त्रिक पार्टी, जनमत पार्टी, जनता प्रगतिशील पार्टी र नागरिक उन्मुक्ति पार्टीले स्थानीय तहको चुनावमा भाग लिँदैछन् । यीमध्ये जसपा र लोसपाले गत स्थानीय निर्वाचन क्रमशः समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीको नाममा चुनाव लडे तर अन्य ४ पार्टी पहिलो पटक चुनाव लड्दैछन । त्यसैले ती पार्टीहरूको लागि यो चुनाव पहिलो अनुभव हो । जेलबाटै पार्टी घोषणा गरेका रेशम चौधरीको पार्टी नागरिक उन्मुक्ति पार्टी कैलाली र कञ्चनपुरमा चुनाव लड्दै छ । यसैगरी केही महिनाअघि पार्टी घोषणा गरेका हृदयेश त्रिपाठीको जनता समान मुद्दा, समान लडाइ“ तर निर्वाचनको मैदानमा एक्ला–एक्लै प्रगतिशील पार्टीले पनि लुम्बिनी प्रदेशका केही पालिकामा उम्मेदवारी दिएको छ । मधेश प्रदेशमा जसपा र लोसपासहित अन्य दलहरू निर्वाचनको मैदानमा भएपनि उनीहरूबीच चुनावी तालमेल भने छैन ।

जसपाले सत्ता गठबन्धनमा आवद्ध छ भने लोसपाले केही ठाउँमा एमालेसँग गठबन्धन गरेको छ । अन्य दलहरू कसैसँग तालमेल नगरी एक्लै मैदानमा उत्रिएका छन् । यद्यपी सुदूरपश्चिमको कैलालीका २ वटा पालिकामा स्थानीय तहमा जसपा र लोसपाले तालमेल गरेका जसपाले मधेश र लुम्बिनी प्रदेशका सबै पालिकामा तथा अन्य प्रदेशका धेरैजसो पालिकामा उम्मेदवारी दिएको छ । मधेशी दलहरूको ध्यान भने लुम्बिनी प्रदेश भन्दा मधेश प्रदेशमै बढी छ । लोसपाले मधेश प्रदेशलगायत देशभर १ सय ८० पालिकामा उम्मेदवारी दिएको छ । मधेश प्रदेशमा लोसपाले एक्लै उम्मेदवारी दिएको छ ।। कैलाली र कञ्चनपुरमा अन्य दलहरूसँग तालमेल गरेको छ । यसैगरी सरकारी कार्यालयमा हुने भ्रष्टाचारविरूद्ध नारा दिएको जनमत पार्टीले पनि मधेश प्रदेशका पालिकाहरूमा उम्मेदारी दिएको छ । स्थानीय तहको चुनावमा जनमत पार्टीले अन्य पार्टीहरूसँग तालमेल गरेको छैन । अन्य पार्टीहरूसँग तालमेल गरी ती पार्टीहरूले गरेका गलत कामको भारी आफूहरूले बोक्न नचाहेको जनमत पार्टीका नेताहरूको भनाइ छ । मधेश प्रदेशमा जसपा बलियो हुने कि

लोसपा बलियो हुने भन्ने होडबाजी छ । यो होडबाजीमा पछिल्लो समय जनमत पार्टी पनि दौडिएको छ । अन्य ३ दलहरू तमलोपा, जनता प्रगतिशील तथा नागरिक उन्मुक्ति पार्टी भने दौडमा पछि छन् । गत भदौमा जसपालाई फुटाएर महन्थ ठाकुर, राजेन्द्र महतो, शरत्सिंह भण्डारी, अनिल झा लगायतका नेताहरूले लोसपा दर्ता गराएका थिए । लोसपा दर्ता भएको केही महिनापछि नै विर्षेशचन्द्र लाल, विजय सिंहलगायतका नेताहरूले पुरानो तमलोपालाई सक्रिय बनाएका थिए । ‘जसपाबाट फुटेर लोसपा बन्यो, लोसपा फुटेर तमलोपा बन्यो । त्यसैले यी तीन दलबीच तालमेलको सम्भावना रहेन’ जसपाका एक केन्द्रीय सदस्यले भने, ‘अन्य तीन साना दलसँग तालमेल गर्नुको कुनै फाइदा छैन । त्यसकारण मधेशमा ६ दल एक्ला एक्लै चुनाव लडे ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *