कांग्रेस जनताको पार्टी हो : कांग्रेस नेता महर

धनगढी । नेपाली कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महरले जनतासँग एमालेले ९८ प्रतिशत झुट बोलेको आरोप लगाएका छन् । डडेलधुरामा शुक्रबार आयोजित एक कार्यक्रममा नेता महरले २०७४ को निर्वाचनमा विजय भएका स्थानीय तहमा घोषणापत्रअनुसार काम नगरेर एमालेले जनतालाई झुक्याएको आरोप लगाएका हुन् ।

एमालेले जनभावना अनुरूप काम नगरेको आरोप लगाउँदै उनले भने, ‘एमालेले घोषणापत्रमा एउटा कुरा लेख्छ । व्यवहार ठिक उल्टो गर्छ । घोषणापत्रमा वाचा गरेअनुरूप एमालेले दुई प्रतिशत मात्रै काम गरेको छ । ९८ प्रतिशत झुट बोलेको छ । अब एमालेको झुटको खेती टिक्दैन ।’ कांग्रेसले आफूले गर्न नसक्ने विषय घोषणापत्रमा समेटेर जनतामा भ्रम नछर्ने बताउँदै उनले भने, ‘कांग्रेस जनताको पार्टी हो । हामीलाई सधैँ जनताको माझमा जानु छ । भ्रम छरेर एक पटक त चुनाव जितिएला । तर, वास्तविकता बुझिसकेपछि जनताले हैसियत देखाइदिनेछन् ।’ देश अप्ठ्यारोमा पर्दा कांग्रेसले नै जोगाउने भएकाले सुरुमै विजयी बनाएर काम गर्ने वातावरण सृजना गर्न महरको आग्रह छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *