तामाकोसी गाउपालिका वडा नं ४ का नेपाली कांग्रेसबाट वडा अध्यक्षका प्रत्यासी नारायण खड्का (सुरज) र उनको टिमको अठोट

तामाकोसी गाउपालिका मालु ४ का नेपाली कांग्रेसका वडा अध्यक्ष का प्रत्यासी श्री नारायण खड्का (सुरज) र उनको सम्पूर्ण टीमको अठोट यस्तो छ ।
आदरणीय मालुवासी आमाबुबा, दाजुभाई, दिदीबहिनी तथा सम्पूर्ण मतदाताहरुमा तामाकोशी गाउँपालिका वडा नं. ४ को वडा अध्यक्षको उम्मेदवारको तर्फबाट मालुको विकास र उन्नतिको लागि निम्न प्रतिबद्धता गर्दछु ।
वि.स २०७४ सालमा भएको स्थानीय तहको निर्वाचन भएको ५ वर्ष पूरा हुन लागि सक्दा समेत आम मालुवासीको उल्लेख्य सुधार हुन नसकेको अवस्थामा मिति २०७९ साल बैशाख २० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा व्यापक उत्साहका साथ नेपाली काँग्रेस सहित लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुलाई मतदान गर्न सम्पूर्ण वडावासी मतदाताहरुलाई हार्दिक आव्हान गर्दछ ।
यस स्थानीय तह निर्वाचनमा हामी विजय भएमा आगामी ५ वर्षमा यहाँका वडावासीको जीवनस्तरमा उल्लेख्य सुधार ल्याउन छौं । शिक्षा, स्वास्थ्य विद्युत यातायात सञ्चार जस्ता आधारभूत आवश्यकताको परिपूर्ति गर्न हरसम्भव कोसिस गर्ने प्रतिबद्धता जाहेर गर्दछौं ।

तामाकोशी गाउँपालिका वडा नं. ८ मालुमा कांग्रेस सहित लोकतान्त्रिक गठबन्धनको नेतृत्व नै किन त ?
१) बडाको सबै बस्ती टोलहरुलाई स्वच्छ खानेपानी, ईन्टरनेट सहितको सञ्चार सुविधा पुन्याउन तिव्र रुपमा बढ्दै गरेको बसाईसराई रोक्न, शिक्षा, स्वास्थ्य तथा यातायात सुविधाको विस्तार गर्न ।
२) प्रत्येक टोल बस्ती जोड्ने मोटर बाटोहरुको स्तरोन्नती गर्न ।

३) बडाको समग्र विकासको लागि गाउँ प्रदेश केन्द्र सरकारसँग वडालाई जोइन ।
४) सामुदायिक विद्यालयहरुको भौतिक एवम् शैक्षिक गुणस्तर वृद्धि गर्न, सूचना तथा सञ्चार प्रविधिको व्यापक प्रयोगमा ठोस कार्यक्रम सञ्चालन गर्न ।
५) कृषि उत्पादनमा आधुनिक कृषि औजार, विउविजन, मल तथा औषधीमा अनुदान प्रदान गरी परम्परागत कृषि प्रणालीलाई विस्थापन गर्दै उत्पादित वस्तुको उचित बजारीकरण गर्न ।
६) वडा नं. ४ लाई मासु तथा दूधमा आत्मनिर्भर बनाई युवा स्वरोजगार बनाउन ।
७) युवा तथा उद्यमीहरुलाई सागमा आधारित सीपमूलक तालिम प्रदान गरी स्थानिय सीपमा आधारित साना तथा घरेलु उद्योग स्थापना गदै वैदेशिक रोजगारीलाई घटाउन ।
८) वडा भित्रका सामुदायिक वनहरुको क्षमता अभिवृद्धि गरी वन पैदावार तथा स्थानिय जडिबुटीको निकासी गरी स्थानिय समुदायको आयस्तरमा वृद्धि गरी जीवनस्तर उकास्न ।
९) जनताको मौलिक हक अन्तर्गतको आधारभूत स्वास्थ्यको सर्वसुलभ विस्तार गरी २४ सै घण्टा एम्बुलेन्स सेवा सञ्चालन गर्न ।

१०) विभिन्न खेलकुद तथा स्थानिय संस्कृतिको संरक्षण गरी स्थानिय युवा तथा बालबालिकाको क्षमता अभिवृद्धि गर्न ।

११) स्थानिय धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदाहरुको संरक्षण एवम् तिनको व्यापक प्रचार प्रसार गरी पर्यटन विकासका लागि होमस्टे सञ्चालन गर्न ।

१२) यस वडामा रहेको सहकारी सदस्यहरुको क्षमता अभिवृद्धि गरी एक घर एक सहकारी सदस्य स्थापित गर्न ।
१३) वडा भिन्न रहेका आमा समूहहरूको क्षमता अभिवृद्धि गरी सामाजिक चेतना जगाउन ।
१४) दलित लक्षित विशेष कार्यक्रम, शिक्षामा प्रोत्साहन, स्वास्थ्य सुविधामा घुट, रोजगारीको व्यवस्था र सरकारी सेवामा विशेष छुटको व्यवस्था गर्न ।

१५) सामाजिक सुरक्षाको ग्यारेन्टी मृत्यु दर्ता सिफारिस जस्ता सिफारिसमा कुनै शुल्क नलिने, जनतालाई भार पर्ने गरी कुनै जनप्रतिनिधिलाई सुविधा नदिने ।
१६) वृद्धवृद्धा र अपाङ्ग लक्षित कार्यक्रम र सेवा सुविधा बढाउने ।
हामी बोल्ने मात्र होईन काम गरेर मालुबासीको अनुहारमा खुशी ल्यान चाहीने हर प्रयासलाई हामी हाम्रो कर्तव्य ठान्छौ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *