पार्टी र वडावासीले पत्याएका कारण मेरो उम्मेदवारी: नरोज अर्याल कामपा वडा १० बाट वडा सदस्यका उम्मेदवार

२०६२/६३ को दोश्रो जनअन्दोलनको दौरानदेखि सक्रिय नरोज अर्याल आन्दोलन सफल भएपश्चात २०६३ साल श्रावनदेखि सत्याग्रह सापताहिका ब्यवस्थापकको भूमिकामा रहेर राजनीति र पत्रकारितालाइ सगै डोर्याएका थिए। २०६४ सालको पहिलो सम्बिधान सभाको निर्वाचनमा काठमण्डौ क्षेत्र नम्बर १ मा नेपाली काँग्रेसका नेता प्रकाशमान सिहलाई जिताउन कम्मर कसेर लागे। पहिलो सम्बिधान सभाले सम्बिधान दिन नसकेपछि पुन: भएको दोश्रो सम्बिधान सभाको निर्वाचनमा पनि नेता प्रकाशमानलाई जिताउन खट्टीए । दुईवटा सम्बिधान सभाको निर्वाचनमा गरेको मिहिनेत र सत्याग्रह साप्ताहीकमा निभाएको व्यवस्थापकीय भूमीकाका कारण समाज र वडामा आफुलाई ब्यापक रुपमा चिनाउन सफल भए। २०७२ सालमा देशले संबिधान पाएपछि देशको माहोल स्थानिय निर्वाचन तर्फ मोडिन शुरु भयो। २०७२ सालको अन्त्यतिर नरोजले सत्याग्रह साप्ताहीकमा गरिरहेको पत्रकारिता छोडेर कामपा वडा नम्बर १० को नगर सदस्यमा यदी पार्टीले टिकट दियो भने पछि हट्तिन भनेर पूर्णकालिन रुपमा नेपाली कांग्रेसको १० वडालाई बेस मानेर राजनितीमा काम गर्न थाले ।
सेवाभावले ओतप्रोत नरोज अर्यालले २०७४ सालको स्थानीय निर्वाचनमा कामपा वडा १० बाट वडा सदस्यमा टिकट पाए र जितेर पनि देखाए। जनप्रतिनिधिका रुपमा कुनै राजनीति पूर्वाग्रह नराखी जनताको काम समान रुपले गर्न थाले । आर्यालले आफ्नो चुनावी एजेन्डामा सुशासन, सरसफाइलाई र नागरिकमैत्री स्थानीय सरकारलाई प्रमुख बनाएका कै कारण यस पटकको स्थानिय निर्वाचनमा पनि पार्टीले र वडावासीले पत्याएका कारण पुन: सोही पदमा उम्मेदवार भएका छन् । यिनै समसामयिक विषयमा केन्द्रित रहेर नरोज अर्यालसंग काठमाडौन्युज डटकमका प्रधान सम्पादक सीताराम ढुङ्गेलसंग (सीरा अगस्त्य) गरेको कुराकानीको सम्पादित अंश:

तपाईं नेपाली कांग्रेसको तर्फबाट कामनपा १० मा वडा सदस्य उठ्नुभएको हो ?

हो म यस पटक पनि नेपाली कांग्रेसको तर्फबाट उम्मेद्वारी दिने सौभाग्य पाएको छु । मैले यस वडामा अघिल्लो पाँच वर्षे कार्यकाल पुरा गरिसकेको छु । आसन्न स्थानीय तहको निर्वाचनमा पनि म लगायत अघिल्लो कार्यसमितिका हामी पाँचै जनालाई नेपाली कांग्रेसले यस वडामा फेरि जनप्रतिनिधि भएर सेवा गर्न उम्मेदवार बन्ने अवसर दिएको छ । अहिले हामी चुनावी मैदानमा होमिएका छौं ।

हिलेसमेत राजनीतिक क्षेत्रमा कतिपटक पद धारण गरिसक्नुभयो ?

म १ पटक राजनीतिक पद धारण गरेर जनताको सेवा गर्ने अवसर पाएको छु । अहिले फेरि पार्टीले, यहाँका अग्रज नेता, कार्यकर्ता र सर्वसाधारणको समर्थन र सहयोगमा वडा सदस्यमा उम्मेदवारी दिएको छु । अहिले पनि नेपाली कांग्रेस कामपा १० वडाको ईकाई उप-सभापतिको भुमिकामा छु । रातदिन केही नभनी पार्टी र जनताको काममा अहोरात्र खट्टीराखेको छु।

दोहोरिएर फेरि पनि वडा सदस्यमै उठ्नुपर्ने कारण के ?

सबैलाई जगजाहेर छ । विगतको पाँच वर्षमा काठमाडौं लगायत देशैभर विकास निर्माणको काममा विभिन्न चुनौतिहरु रहे । हामी जनप्रतिनिधिहरुले चुनावका बेला जनता समक्ष घोषणा गरेका काम गर्न वाधा पार्‍यो । विगत पाँच वर्षे कार्यकालमा एक वर्ष नियम कानुन बनाउनै लाग्यो । अरु दुई वर्ष कोभिडको कहरले आक्रन्त बनायो । त्यसमा डेढ वर्ष मात्रै राम्रोसँग काम गर्न पाइयो । पाँच वर्षमा गर्नुपर्ने काम जम्मा डेढ वर्षमा कति गर्न सकिन्छ ? त्यति हुँदाहुँदै पनि हामीले धेरै काम गर्ने प्रयासहरु गर्यौं । कतिपय पुरा भइसकेका छन् कति हुने चरणमा पुगेका छन् । कति समय अभावका कारण परिपूर्ति हुन बाँकी छन् । त्यसलाई पूर्णता दिनुछ । साथै मुलुक संघीयतामा गइसकेपछि जनताले त्यसको अनुभूति गर्ने गरी तल्लो तहसम्म पुग्न भ्याइएको छैन । यी सबैलाई ख्याल गरेर जनताको चाहना अनुसार काम गर्न मेरो उम्मेदवारी हो ।

टिकट लिने प्रतिस्पर्धामा कतिजनाको रस्साकस्सी थियो ?

(कामपा वडा १० का उम्मेद्वारहरु वडा अध्यक्षका-रामकुमार केसी, सदस्यका- नरोज अर्याल, वडा सदस्यका- सतिश तन्डुकार, महिला वडा सदस्यका- रोहिणी श्रेष्ठ अर्की महिला वडा सदस्यका-सुनिता भित्राकोटी)

हामीले टिकटको प्रतिस्पर्धा गरिरहँदा वडा सदस्यको पदमा शुरुमा २५-२६ जनाको रस्साकस्सी थियो । त्यसबेला पनि विभिन्न भेटघाट, छलफल बहसहरु भइरहँदा कतिपयले एकपटक नारोजलाई नै दिऔं भन्थे । कतिपयले अब म हुनुपर्छ भन्नुहुन्थ्यो । तर, बहुमत पक्षहरुले मलाई नै समर्थन गर्नुभयो । पार्टीले पनि अब एकपटक नरोज अर्याल नै हुनुपर्छ भनेर निर्णय गर्‍यो । यस १० वडाका वडा कार्यसमिति कांग्रेसका नेता, कार्यकर्ता र साथीहरुले पनि यसपटक नारोजलाई दिऔं भनेर निर्णय गर्नुभयो । त्यसकारण म मेरो व्यक्तिगत इच्छाले दोहोरिएर आएको होइन । पार्टीको आज्ञा र जनताको चाहनाले म कामपा –१० को वडा सदस्यको उम्मेदवार बनेको हुँ ।

सधै एउटै ब्यक्ती दोहोरिदा आफना समकालिन साथीहरुले बिरोध गरेनन ?

नेतृत्व परिवर्तन त्यतिबेला मात्रै आवश्यक छ । जतिबेला पहिलाको नेतृत्व असक्षम हुन्छ । सवल र सक्षम छ भने व्यक्ति परिवर्तनको आवश्यकता देखिँदैन । म वडा सदस्यमा सक्षम छु, काम राम्रो गरिरहेको छु भनेर होइन तिमीले एकपटक खाइसक्यौं अब म हुनुपर्छ भन्दा त झन् नराम्रो म्यासेज जान्छ । त्यो व्यक्तिले राम्रो कामै गर्दैन । जति राम्रो काम गरेपनि जिन्दगीमा राजनीतिक पद पाउने एकपटक मात्रै त हो नि भन्ने भएपछि त्यो पाँच वर्षे कार्यकालमा भ्रष्टाचार ह्वात्तै बढेर गयो भने के हुन्छ ? त्यसैले कुनै पनि पद, ठाउँमा सवल, सक्षम, उपयुक्त र राम्रो काम गरिरहेको छ भने दोहोरिएर आउनु झन् राम्रो हो । त्यसले अरुलाई पनि राम्रो काम गरियो भने राजनीतिमा पटक–पटक अवसर पाइने रहेछ भनेर सकारात्मक सन्देश जान्छ । अब तेस्रो पटक म यही पदमा दोहोर्रिन्न भनेर सबै साथाभाईहरुलाइ भनेको छु तेही भएर सबैले हाम्रो पक्षमा काम गरिरहनु भएकोछ ।

इमानदार मान्छे पुन दोहोरिदा राम्रो संदेश जान्छ हो ?

म भनेको पार्टीको प्रतिनिधि मात्र हो । व्यक्ति मात्र म नरोज अर्याल हो तर मेरो ठाउमा अर्को कोही पनि हुनसक्छ । मसंग काम गर्ने आँट र साहस छ । दोहिरिदा नराम्रो संदेश पनि जादैन राम्रै संदेश जान्छ भन्ने मलाई लाग्छ।

यस पटक पनि वडावासीले तपाईं नै भोट दिनुपर्ने एजेण्डा के त ?

बिगत ५ बर्ष कामपा वडा नम्बर १० का वडा अध्यक्ष रामकुमार केसीको नेतृत्वमा काम गर्ने मौका मिल्यो। हामी अध्यक्ष रामकुमार केसी, म, अर्का वडा सदस्य सतिश तन्डुकार, महिला सदस्य रोहिणी श्रेष्ठ अर्की महिला सदस्य सुनिता भित्राकोटीले निक्कै मिहिनेत र सुझबुझ पुर्याएर राम्रा राम्रा काम गरेकाछौ। रामो काम गरेकै कारणले पनि हाम्रो पुरानो टीमलाई यसपाली पनि मौका दिनुहुनेछ भन्ने विश्वास छ। मलाई त काठमाडौं महानगरपालिका वडा नम्बर १० मा बसोवास गर्ने नेपाली कांग्रेस समर्थित मात्रै होइन, एमाले, माओवादी, राप्रपालगायतका दलहरुले समेत तपाईं हुनुपर्छ भन्ने अडानमा छन् । उहाँहरुले मलाई र हाम्रो टीमलाई जुझारु, विकास प्रेमी ब्याक्ती हुन् भनेर समर्थन नै गर्नु हुन्छ। पहिलो पल्ट कोभिड र नानाथरी झमेला गर्दा राम्रोसंग काम गर्न पाईएको थिएन। अब यस पल्ट पनि जिताएर पठाए भने अझ सशक्तताका काम गर्ने बाचा गर्छु। कामपा वडा १० का समस्या र निराकरण गर्ने उपाय हामीले पहिल्याईसकेक छौ। अब मात्र काम गरेर देखाउन बाकी छ। तर नया वडा सदश्य या वा वडा अध्यक्ष आयो भने समस्या र निराकरण गर्नेबारे बुझ्दा बुझ्दै लामो समय घर्किन्छ, अनि कसरी काम हुन्छ ? त्यसैले पनि अहिले नेपाली कांग्रेसले यस वडा १० मा जित्नै पर्छ र जित हाम्रो निश्चित छ। । यहाँका कांग्रेसलगायत अन्य पार्टीका साथीहरुले नरोज अर्याल सबैको काम गर्ने सबैको मान्छे हो भनेको सुन्दा पनि गर्व लाग्छ । नारोजले र उसको टिमले भ्रष्टाचार गर्दैन, काम गर्दा राजनीति पूर्वाग्रह राख्दैन भन्ने सबैको धारणा छ । मैले पनि म वडा सदस्य भएर काम गरिरहदा १० वडाका स्थानिय बासीन्दा खुशी छन्। अब पुन दोहोरिएर आउदा अझ खुशी हुनेछन । म पनि सम्पूर्ण वडाका जनताको कुनै पनि काम गर्न पछि हट्ने छैन ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *