यौन दुर्व्यवहार गरेको आरोपमा एक जना पक्राउ

काठमाडौँ । १५ वर्षीया किशोरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लालिगुराँस नगरपलिका–३ मुसाङखेल बस्ने १९ वर्षीय अनिस बस्नेत रहेका छन् । उनलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।

ती किशोरीलाई घर नजिकैको बारीमा बस्नेतले यौन दुर्व्यवहार गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बसन्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *