स्रोत नखुलेको भारतीय रुपैयाँ सहित पक्राउ

काठमाडौँ । विराटनगर महानगरपालिका-१५ बाट स्रोत नखुलेको ८ लाख भारतीय रुपैयाँ सहित भारत घर भएकी ३० वर्षीया मुन्नी देबी सहनीलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

भारतबाट नेपालतर्फ आउँदै गरेकी उनलाई शंका लागी ईलाका प्रहरी कार्यालय रानी (सिमा) कार्यालयाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त भारतीय रुपैयाँ सहित फेला पारी पक्राउ गरेको हो । उनलाई थप अनुसन्धानको लागि राजश्व अनुसन्धान कार्यालय ईटहरी पठाइएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *