समग्र सम्मुनतिका लागि कांग्रेस नेतृत्व आवश्यक : उप-सभापति गुरुङ

वालिङ । नेपाली कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङले मुलुकमा परिवर्तनको लहर र समग्र सम्मुनतिका लागि नेपाली कांग्रेसले नेतृत्व लिनु आवश्यक रहेको बाउनुभएको छ । नेपाली कांग्रेस भिरकोट– ८ को ढापुकमा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्नुहुँदै उहाँले भन्नुभयो, “अब नेपालको समग्र सम्मुनतिको खाकासहित अगाडि बढ्नुपर्ने छ र यहाँका युवा विदेशी मुलुकमा होइन विदेशीलाई यहाँ ल्याउने योजना हामीसित हुनुपर्छ ।”
जता गयो त्यतै भ्रष्टाचार मौलाएको हुँदा यसलाई न्यूनीकरण गर्नतर्फ सचेत नागरिकले खबरदारी गर्नुपर्ने बेला आएको उहाँले बताउनुभयो । नेपाल जस्तै गरिबीको सूचीमा रहेका देशले आज विकासमा निक्कै फड्को मारेको उदाहरण दिनुहुँदै यहाँ पनि भ्रष्टाचारको अन्त्य र नेतृत्व तह सुध्रिनुको विकल्प नभएको उहाँले बताउनुभयो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *