कसैको पनि स्वतन्त्र उम्मेदवारी भनेको बहुदलवादको बर्खिलाप, निर्दलवादी सोच

लेखक चन्द

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवार दिनु भनेको राजनैतिक दल, बहुलबाद, प्रजातन्त्र, गणतन्त्र तथा सामुहिकता र एकतामा बिश्वास नगर्नु हो । त्यस्तै स्वतन्त्र उम्मेदवारलाई समर्थन गर्नु भनेको हाल रहेका राजनैतिक दल र तिनका नेता तथा उनिहरुले गरेको कर्म प्रति बितृष्णा जाग्नाले हो । अर्को अर्थमा युवा उमेरको जोस र फुर्तिको परिणाम पनि हो भन्दा फरक पर्दैन ।

वास्तबमा भन्नै पर्दा यतिबेला हामीले स्वतन्त्र भन्दा पनि अन्य जस्तैः राप्रपा र विवेकशील साझा जस्ता राजनैतिक पार्टी र राम्रा नेताहरुलाई नै बिकल्पको रुपमा लिनु पर्ने हो । तर विष्लेषण र विवेकपुर्ण ढंगले बिचारै नगरि स्वतन्त्र उम्मेदवारलाई अन्धाधुन्दा समर्थन गरिरहेका छौं । हुन त सामाजिक सञ्जालमा देखिने उत्साहा र समर्थन मतमा परिणत हुन नसक्दा विगतको चुनावमा राम्रा भनिएका उम्मेदवारहरुले नराम्रो हार बेहोरेको पनि नदेखेका होइनौ ।

२०७४ को निर्वाचनमा काठमाडौं महानगरपालिकाको विवेकशील साझाबाट मेयरकी उम्मेदवार रञ्जु दर्शना अहिले पनि ‘फेसबुके चर्चाले’ चुनाव जितिन्न मात्र भन्दिनन्, राजनैतिक क्रियाकलापबाट पुरै टाढा रहेर बैवाहिक जीवनमा बाँधिसकेकी छिन् । तथापि उनलाई नेकपा एमालेमा प्रवेस गर्न लागेको हल्ला भने नचलेको होईन । खयर उनि पुनः राजनीतिमा आउने नआउने कुनै सुईको समेत छैन ।

अहिले ठ्याक्कै रञ्जु दर्शनाकै लयमा इन्जिनियर बालेन साहको चर्चा चुलिएको छ । बालेन साह स्वयंमले ९० हजार मत ल्याएर काठमाडौं महानगरको मेयरमा जित्ने दाबी गर्दै आएका छन् । हुन पनि फेसबुकमा उनको चर्चा ९० हजार त के ९० को दोब्बर १८० लाख आउने तरिकाको देख्न सकिन्छ । उनको यो फेसबुके चर्चाले कस्तो रिजल्ट देला हेर्न भने बाँकी नै छ ।

बालेन साहलाई समर्थन गर्ने ९० प्रतिशत युवाहरु छन् । जसमध्य २० देखि २५ प्रतिशतको त मताधिकारसमेत छ छैन भन्नेमै शंका गर्ने ठाउँ छ । केही युवाहरु उपत्यकाको महानगरबाट मतदान गर्न नपाउने समेत छन् । बाँकी युवाहरुपनि राजनैतिक रुपमा कुनै किसिमको विष्लेषणात्मक आयामले बालेनलाई समर्थन गरेको देखिदैन । रहेका १० प्रतिशत पाका, बुद्वीजिवी, विज्ञसमेत समर्थनमा छन्, त्यसमा पनि उनिहरुले बालेनको चुनाम चिन्ह्व लौरोमा नै मत हान्ने कुरामा भारि शंका गर्न सकिन्छ । किनभने उनिहरु कांग्रेस, एमाले र माओबादी जस्ता रानैतिक दलहरुमा गहिरो बिस्वास राख्दछन् । उनिहरुले ति पार्टी र नेताहरु प्रतिको बितृष्णा र भँडास पोख्न फेसबुकमा बालेनको चर्चा र समर्थन गरेका हुन भन्नेमा कुनै दुईमत छैन ।

बालेन साहले महानगरको मेयर जितुन मेरो शुभकामना छ । महानगरमै आफ्नो सेकेन्डम्यान उपमेयर समेतको साथ नभएका बालेनले काम गर्नेमा धेरै दुविधा छ । उपत्यकाको महानगरमा ३२ वटा वडा रहेका छन्, ति वडा कतै पनि बालेनको समर्थनका स्वतन्त्रका अरु उम्मेदवार छैनन् । हाम्रो राज्य संयन्त्र बहुदलिय प्रणालिमा सञ्चालित छ । गठजोडको सरकारका मन्त्रीहरुलाई केन्द्रमा काम गर्न कत्रो सकस छ भने एक्लो बृहस्पति बालेनले कसरी महानगर चलाउने हुँन् सोच्दा पनि उकुसमुकुस हुन्छ । मन नपरेको मान्छे र दलको काम गर्दा ‘हलो अड्काउने’ नेपालीको परमपरा बनेको बालेन र उनका समर्थकले बुझेकै होलान् ।

तथापी बालेन र उनिजस्ता युवा राजनीतिमा आउनै पर्छ भन्ने मान्यता म पनि राख्दछु, तर बालेनको शैलिमा होईन । नेपालमा प्रचलित राजनैतिक दल र नेताहरुबाट जनता एकदमै फ्रष्टेड छन् । तापनि मत दिंदा बोल्ड निर्णय गर्ने क्षमताको विकास जनतामा भइसकेको छैन । नेताहरु एकले अर्काको चर्को आलोचना गरेको, आफुले गरेका १० वटा राम्रा काम भन्दै गर्दा अरुको १५ वटा नराम्रा कार्यको चर्चाले भाषण टुङ्ग्याउने परिपाटीबाट जनता वाक्क दिक्क छन् । तरपनि चुनावको बेला मताधिकार परिवर्तन गर्न चहाँदैनन् ।

त्यसैले मेरो विचारमा राजनैतिक दल, नेता तथा कार्यकर्ता यस्तै शैलिमा चलिरहने, जनताले पनि आफ्नो मताधिकारको निर्णयमा ठोस परिवर्तन ल्याउन नसक्ने हो भने थप १ सय देखि २ सय वर्षसम्म देश यस्तै चलिरहन्छ । हाम्रालागि नेतालाई सराप्नु भनेको आकासतिर फर्केर थुक्नु सरह हुने छ । तसर्थ बालेनको शैलिको राजनैतिक चर्चालाई एउटा ठुलो पार्टी र शक्तिमा परिणत गरेर भिजनेबल युवाहरुले नेतृत्व लिन नसकेसम्म फेसबुकककै चर्चाले न त बालेन साहले जित्छन्, न त जनताले सुखको सास नै फेर्छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *