जादुमय आवाजका कारण सर्वप्रिय बनेकी रोशाले ल्याइन् ‘मलाई बिर्स नभनिदेउ’

काठ्माण्डौ । सानै उमेरमा नै परिपक्कव स्वरकी धनी रोशा जसले सारेगम लिटिल च्याम्पियनबाट अत्याधिक चर्चा कमाईन र अहिले ल्याइन् ‘मलाई बिर्स नभनिदेउ’ ।
झापाको मेचीनगर–८ की रोशा फुयाल नेपालको रियालिटी सो सारेगम लिटिल च्याम्पियनमा सहभागी भएसँगै चर्चामा आइन् । सुमधुर स्वरकी गायिका रोशाको स्वरमा रहेको ‘मलाई बिर्स नभिनिदेउ’ गीतको भिडियो सार्वजनिक भएको छ । जादुमय आवाजका कारण सर्वप्रिय बनेकी रोशाको स्वरमा सार्वजनिक भएको यो गीतले राम्रो चर्चा बटुलिरहेको छ ।दिनेशराज पुरीको शब्द सिर्जना रहेको गीतमा नबिन कार्कीको संगीत रहेको छ । प्रकाश खड्काको छायाङ्कन रहेको भिडियोको सम्पादन लक्ष्मन चौहानले गरेका हुन्, भने निर्देशन बिक्रम चौहानले गरेका हुन् ।

भिडियोमा गायिका रोशा नै फिचर छिन् । गायक सुवास पुरीको प्रस्तुतिमा तयार पारिएको गीतको भिडियो म्यूजिक जक्सनबाट बजारमा आएको हो । रोशाको जादुमयी आवाज सुन्न तलको लिंक क्लिक गर्नुहोला।
https://www.youtube.com/watch?v=fBB4LmDR7d0&t=2s

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *