प्रधानमन्त्री देउवासँग भेट्न नचाहेका यी दुई नेता

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस सभापतिको हैसियतबाट चुनावी अभियानमा रहँदा भेट्न चाहेका दुई नेता हुन्, पुष्करनाथ ओझा र जगन्‍नाथ पौडेल । नेता ओझा कैलाली र पौडेल चितवनका हुन् । देउवाले चाहे पनि दुवै नेताले भेट गर्न भने अस्वीकार गरे । ओझालाई सोमबार दिउँसो देउवाले भेट्न चाहेका थिए । तर, ओझाले भेटका लागि समय दिएनन् ।

ओझासँग भेट्ने चाहना पूरा नभएपछि देउवा सोमबार नै गृहजिल्ला डडेल्धुरा गए । आज त्यहाँको विभिन्‍न ठाउँमा आयोजना हुने चुनावी सभालाई उनले सम्बोधन गर्नेछन् । यसअघि, २१ वैशाखको साँझ र २२ वैशाखको बिहान देउवाले चितवनमा पौडेलसँग भेट गर्न चाहे । तर, उनले वरिष्ठ नेता रामचन्द्र पौडेलसँग चाहिँ छोटो समय भेट दिए।

देउवालाई भेट्नै चाहेनन् । त्यसपछि देउवा गठबन्धनको चुनावी सभालाई मात्र सम्बोधन गरेर काठमाडौ फर्किए । यी दुई नेतालाई स्थानीय निर्वाचनअन्तर्गत मतदान गर्ने दिन नजिकिएका बेला देउवाले भेट्न चाहनुको एउटै कारण हो– गठबन्धनका उम्मेदवारलाई सहयोग गर्न आग्रह गर्न चाहनु । दुवै नेता भने पार्टी अनुशासनविपरीत गतिविधि गरेको भन्दै कारबाहीमा परेका हुन् । साधारण सदस्यसमेत नरहनेगरि कारबाही गर्ने भने देउवा नै हुुन् ।

यही १६ वैशाखमा पौडेललाई भरतपुर महानगरपालिकाको प्रमुख पदमा गठबन्धनको आधिकारिक उम्मेदवार रेणु दाहालविरुद्ध बागी उम्मेदवारी दिएको र २०७४ को संसदीय निर्वाचनमा देउवा पत्‍नी डा। आरजु राणालाई असहयोग गरेको आरोपमा ओझालाई कांग्रेसले कारबाही गरेको हो । कारबाहीपछि उनीहरू कांग्रेसमा छैनन् ।

तर, स्थानीय निर्वाचनको बेला भने देउवाले तिनै नेताहरूको साथ खोजेका हुन् । पौडेलको उम्मेदवारीले गठबन्धनको उम्मेदवार दाहाललाई चुनौती थपिएको छ । धनगढी उपमहानगरपालिकामा पनि ओझा मौन रहँदा कांग्रेसको तर्फबाट गठबन्धनको उम्मेदवार नृपबहादुर वडलाई समस्या छ । ओझा पूर्व सञ्चार राज्यमन्त्री र पौडेल पूर्वराष्ट्रिय सभा सदस्य हुन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *