मत बदर हुने अवस्था

काठमण्डौ । मतदाताहरुले मत सङ्केत गर्दा विचार पुर्याएर मतदान गर्नुपर्छ अन्यथा मत बदर हुन्छ । मतपत्र बदर देहायको अवस्थामा हुने हुनाले मतदान गर्दा सोच- बिचार गरेर नहडबडाई गर्नुपर्दछ।

  • सम्बन्धित मतदान अधिकृतको दस्तखत नभएको,
  • औँठाछाप लगाई वा आयोगद्वारा निर्धारित स्वस्तिक चिह्न बाहेक अन्य चिह्न वा छाप लगाई मत सङ्केत गरिएको,
  • मत सङ्केत चिह्न नबुझिने गरी लतपतिएको वा च्यातिएको,
  • उम्मेदवारको निर्वाचन चिह्न रहेको कोठामा मत सङ्केत नगरी अन्यत्र मत सङ्केत गरिएको,
  • उम्मेदवार नरहेको निर्वाचन चिह्नमा मात्र मत सङ्केत गरिएको,
  • कुनैपनि उम्मेदवारको निर्वाचन चिह्नमा मत सङ्केत नगरिएको,
  • निर्वाचित गर्नुपर्ने संख्या भन्दा बढी उम्मेदवारको निर्वाचन चिह्न भएको कोठामा छुट्टा–छुट्टै मत सङ्केत गरिएको,
  • मत सङ्केत नगरी मतदान अधिकृतलाई फिर्ता दिइएको,
  • आयोगद्वारा निर्धारित मतपत्र बाहेक अन्य मतपत्रद्वारा मतदान गरिएको,
  • मतपेटिका भन्दा बाहिर राखिएको,
  • जाली मतपत्र ।
सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *