आइएमई पे र गोल्डस्टारबीच सम्झौता

काठमाडौँ । आइएमई डिजिटल सोलुसन अन्तर्गत संचालित ‘आइएमई पे’ र गोल्डस्टारबीच सम्झौता भएको छ । सम्झौता अनुसार गोल्डस्टार जुत्ताको खरिदमा आइएमई पे मार्फत भुक्तानी गर्दा ३० प्रतिशतदेखि ३०० रुपैयाँसम्मको छुट पाउन सकिने छ । सम्झौता पत्रमा ‘आइएमई पे’ को तर्फबाट सहायक महाप्रबन्धक प्रमोदमान सिँह बस्नेत र गोल्डस्टारको तर्फ बाट ई–वाणिज्य प्रमुख प्रवेश मिश्राले हस्ताक्षर गरेका छन् ।

यो अफर गोल्डस्टार जुत्ता गोल्डस्टारको वेबसाइटबाट खरिद गर्दा वेव चेक आउटमा र गोल्डस्टार जुत्ताका भौतिक आधिकारिक शोरुमहरूमा स्मार्ट क्यूआर मार्फत भुक्तानी गर्दा ३० प्रतिशतदेखि ३०० रुपैयाँ सम्मको छुट रहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *