गृहमन्त्री खाणद्वारा पूजा आराधना

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले बुटवल उपमहानगरपालिका–१२ नयाँगाउँस्थित स्वामिनारायण मुक्तिनाथधाममा आज पूजा आराधना गरेका छन् । सो अवसरमा उनलाई मन्दिर व्यवस्थापन समितिका पदाधिकारी तथा सदस्यहरूले स्वागत गरेका थिए ।

गृहमन्त्री खाणले मन्दिरका गुरु स्वामी लोकानन्द महाराजलाई भेट गरी मन्दिरको अवस्थाबारे जानकारीसमेत लिए गृहमन्त्रीका स्वकीयसचिव विजेश न्यौपानेले जानकारी दिए । गृहमन्त्री खाणसँगै बुटवल उपमहानगरपालिकाका प्रमुख पदका उम्मेदवार खेलराज पाण्डे पनि मुक्तिनाथधाम पुगेका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *