पोल्याण्डका लागि रुसी राजदूतमाथि हमला

काठमाडौँ । युद्धविरोधी प्रदर्शनकारीहरूले सोमबार पोल्याण्डका लागि रुसी राजदूत सर्गेई एन्ड्रिभमाथि रातो रंग हानेका छन् । वार्सामा सोभियत सैनिकहरूको चिहानमा माल्यार्पण गर्न खोजेको रुसी प्रतिनिधिमण्डललाई प्रदर्शनकारीहरूले रोकेका थिए ।

नाजी जर्मनीमाथिको विजयको ७७औं वर्षगाँठ मनाउन आएका प्रदर्शनकारीहरूले उनीहरूलाई ‘फासिस्ट’ भन्दै युक्रेनी झण्डाहरूले घेरेका थिए । टास समाचार एजेन्सीका अनुसार एन्ड्रिभ र उनको टोलीलाई घटनामा गम्भीर चोट लागेको छैन । तर, उनले औपचारिक विरोध गर्ने बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *