स्थानीय तह निर्वाचनमा कांग्रेस विजय भएमा के के गर्छ ?

नेपाली कांग्रेसको नेपाली जनतालाई अपिल

‘सबल स्थानीय सरकार समुन्नत गाउँ, समुन्नत नगर’

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरु,
काठमाडौँ । यही वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ । आफूलाई सेवा सुविधा उपलब्ध गराउने र आफूले चाहे अनुसारका विकास निर्माणका कार्यक्रम सञ्चालन गर्ने स्थानीय तहका प्रतिनिधि चुन्ने यस निर्वाचनमा उत्साहपूर्वक सहभागी हुन सबैलाई हामी हार्दिक अनुरोध गर्दछौं ।

नेपाली जनतालाई यो अधिकार दिलाउन र लोकतान्त्रिक पद्धतिमार्फत देशलाई समुन्नतिको शिखरमा पुयाउन नेपाली कांग्रेसले सात दशकसम्म अनवरत संघर्ष गरेको छ । २०७२ सालमा नेपाली कांग्रेसको नेतृत्वमा संविधान सभाबाट संविधान जारी भएपछि हामीलाई आवधिक निर्वाचनको यो दोस्रो अवसर प्राप्त हुँदैछ । स्थानीय तहको अघिल्लो निर्वाचनमा नेपाली कांग्रेसले अपेक्षाभन्दा कम स्थान जितेकोले हामीले अनुसार तपाईंहरूसमक्ष सबै ठाउँमा सेवासुविधा पुर्याउन सकेनौ । सबै ठाँउमा स्थानीय आवश्यकता अनुसारका विकासका काम बढाउन सकेनी प्रदेश सभा र प्रतिनिधि सभामा पनि केपी ओली नेतृत्वको कम्युनिष्ट पार्टीको गठबन्धन विजयी भएकोले संघीय सरकार र प्रदेश सरकारले सोचे अनुरुप काम गर्न सकेनन् । ओली नेतृत्वको सरकारले स्थानीय सरकारलाई अगाडि बढ्न दिएन ।

ओली सरकारको पालामा खोप काण्ड, ओम्नी काण्ड वाइडवडी काण्ड, यति काण्ड, सेक्युरिटी प्रेस काण्ड, रेल्वे ट्याक ठेक्का काण्ड, ३३ किलो सुन काण्ड, गुठी विधेयक काण्ड, यातायात सिण्डिकेट काण्ड, प्रेस स्वतन्त्रता संकुचन काण्ड, सांसद अपहरण काण्ड, अध्यादेश काण्ड र प्रतिनिधिसभाको पटक-पटक विघटन काण्ड भए । यस्ता प्रवृत्तिको विरुद्ध नेपाली कांग्रेस निरन्तर लागि रहेको । राज्यका शक्ति आफूमा केन्द्रित गरी अधिनायकवादी शैलीमा राज्य संचालन गर्न खोजेपछि पार्टीभित्र र बाहिरको बिरोधले केपी शर्मा ओली नेतृत्वको सरकारले विश्वासको मत गुमायो । आफ्नो नेतृत्वमा आएको संविधान र शहिदहरूको बलिदानले ल्याएको लोकतान्त्रिक पद्धति नै जोखिममा पर्ने अवस्था सिर्जना भएपछि सहयोगी दलहरूको समर्थनमा नेपाली कांग्रेसले सरकारको नेतृत्व लिने अग्रसरता देखाएको हो । गत असार अन्त्यदेखि देशमा कांग्रेसको नेतृत्वमा लोकतान्त्रिक शासन चलेको छ । प्रदेशहरूमा गठबन्धन सरकार बनेका छन् । हामीले बनाएको संविधान कार्यान्वयन हुँदैछ। लोकतन्त्रको जरा मजबुत हुँदैछ । यो सरकारले, संविधानको परिपालना गरेको छ । उल्लंघनका घटना भएका छैनन् । ओली सरकारका पालामा विदेशी ऋण बढेको थियो, अहिले अनुदान बढ्न थालेको छ।

कोरोनाको खोप ल्यायो र सुव्यस्थित तवरले सबै उमेर समूहका नागरिकलाई लगाउने व्यवस्था गन्यो । लकडाउन र निषेधाज्ञामा रहेको सन्तुलित विदेश नीति अवलम्बन गरेर विश्वमा नेपालको प्रतिष्ठा उचो नेपाललाई सामान्य अवस्थामा ल्यायो । लामो समयदेखि अल्कर बसेको रु ६० अर्ब भन्दा बढीको एमसीसी योजना संसदबाट अनुमोदन गरायौं । त्यो सङ्सगै अमेरिकाबाट थप रु. ८० अनुदान सहयोग प्राप्त भाईसकेको छ । चीन र भारतबाट पनि सहयोग आउने क्रम बढेको छ । भ्रष्टाचारको श्रृंखला रोकिएको छ ।

हरेक नागरिकलाई राज्यले दिने सेवा घरदैलोमा नै पन्याउने प्रतिबद्धतासहित नेपाली कांग्रेसले यस निर्वाचनमा आफ्ना उम्मेदवारहरू यहाँहरू सामु प्रस्तुत गरेको छ ।

स्थानीय तहमा हामी के गछौं ?

● स्थानीय सरकार नागरिकको सेवकमा रुपान्तरण
● जनतामुखी नीति उत्तरदायी शासन
● सबैलाई शिक्षा र सीपमूलक तालिमको अवसर
● वडाबाटै नागरिकमैत्री सेवाप्रवाह, घरदैलोमा सेवा
● अगुवा विद्यालयको स्थापना
● सबै टोल र गाउँमा इन्टरनेटको सुविधा
● सार्वजनिक स्थानमा निःशुल्क वाईफाई
● छात्रालाई निःशुल्क सेनिटरी प्याड
● पर्याप्त शिक्षक दरबन्दीको व्यवस्था
● एक शिक्षक एक ल्यापटपको व्यवस्था
● शिक्षामा हुने लगानी अहिलेको भन्दा दोब्बर
● स्थानीय तहलाई स्वास्थ्यमा १० प्रतिशत बजेट
● निःशुल्क सुत्केरी सेवा र थप रु. ५ हजार सुत्केरी भत्ता
● ६५ वर्षमै जेष्ठ नागरिक भत्ता
● सबै नागरिकलाई स्वास्थ्य बीमा
● ६५ वर्षमाथिका सबै विपन्न, दलित, एकल महिला र अपांगलाई निःशुल्क स्वास्थ्य बीमा
● ४० वर्ष माथिकालाई प्रेसर, सुगर, मुटु, मृगौला, दम र क्यान्सरको वार्षिक निःशुल्क परीक्षणको व्यवस्था
● मृत्यु संस्कार खर्च व्यहोर्ने व्यवस्था
● साना किसानलाई रु. १० हजारको क्रेडिट कार्ड र २ प्रतिशत व्याजमा कृषि ऋण
● मझौला र ठुला किसानलाई ४ प्रतिशत व्याजमा कृषि ऋण

● अति विपन्नलाई रासन दिने व्यवस्था,
● न्याय सम्पादनमा जनशक्तिको व्यवस्था
● बाढी पहिरो, डुबान, खडेरी प्रभावित किसानलाई राहत
● सबै पालिकामा कृषि तथा पशुपन्छी र भेटेनरी अधिकृतको व्यवस्था
● वडा तहमा नायव प्राविधिक सहायकको दरबन्दी
● ग्रामीण केन्द्रलाई बजार र शहरसग जोड्ने सडक निर्माण ● सबै स्थानीय तहमा विद्युतीकरण
● विद्युत्बाट खाना पकाउने वातावरणको सिर्जना
● एक स्थानीय तह एक पर्यटन पूर्वाधार
● एक वडा एक खेल मैदान
● एक स्थानीय तहमा, एक पार्क
● परघरमा शुद्ध खानेपानी वितरण
● सम्भाव्य सबै जमीनमा बाहे महिना सिंचाई
● हरेक तहमा उद्यम विकास केन्द्र र रोजगार बैंक
● वैदेशिक रोजगारीमा जानेलाई सीपमूलक तालिम
● एक वर्षभिन्ने संविधानका अधिकार लिने कानून निर्माण
● नेपाली कांग्रेसको गौरवपूर्ण विगत
● पूर्वाधार र सेवाको गुणस्तर मापदण्ड निर्माण
● यथार्थपरक बजेट निर्माण
● भू(उपयोग योजना तर्जुमा र कार्यान्वयन
● १ हेक्टर भन्दा कम वन रहेका ३०५ भन्दा धेरै स्थानीय तहमा बनको विकास
● फोहरबाट मोहर आर्जन गर्ने कार्यक्रम
● राष्ट्रिय भवन संहिता तथा मापदण्ड, सडक मापदण्ड, सुरक्षित बस्ती विकास र बस्ती एकीकरण सम्बन्धी नीति, योजना र कार्यक्रम कार्यान्वयन
● दलितसँग सरकारु कार्यक्रम सञ्चालन
● महिला हिंसामुक्त स्थानीय तह घोषणा
● स्थानीय तहका सबै सार्वजनिक सेवा, स्थान तथा अन्य सुविधाहरूमा
● अपांगको प्रतिनिधित्व र पहुँच सुनिश्चितता
● बालहित सुनिश्चित
● सम्बन्धित स्थानीय तहको भाषा, साहित्य र कलाको संरक्षण

This image has an empty alt attribute; its file name is nepali-congress.jpg

लोकतान्त्रिक संसदीय पद्धतिमार्फत देश र जनताको समुन्नतिका लागि समर्पित रहदै आएको नेपाली कांग्रेसले सशस्त्र क्रान्ति र शान्तिपूर्ण आन्दोलन गरेको छ । क्रान्ति र आन्दोलन सफल भएपछि प्राप्त उपलब्धिलाई संस्थागत गर्न संविधान बनाएर त्यस अन्तरगत निर्वाचन गरी राजनीतिक स्थायित्व कायम गर्दै विकासलाई गति दिन कहिल्यै चुकेको छैन । २००७ सालको अन्तरिम सरकार, २००८ सालको कांग्रेसको सरकार २०१४ सालको सुवर्ण समशेरको सरकार, २०१६ सालको बीपी कोइरालाको सरकार, २०४७/२०५६ को किसुनजीको सरकार, २०४८ र त्यसपछिका गिरिजाबाबुको सरकार, २०७० सालमा तत्कालीन सभापति सुशील कोइरालाको नेतृत्वमा बनेको सरकार र नेपाली कांग्रेसका वर्तमान सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा पटकपटक बनेका सरकारले देश र जनताको हितमा गरेका कार्यहरू गौरवपूर्ण छन् । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाकै नेतृत्वमा दलित महिला जनजातिसहित सम्पूर्ण वर्ग र समुदायलाई राष्ट्रिय राजनीतिको मूलधारमा ल्याउने र राज्य सञ्चालनमा सहभागीता सुनिश्चित गराउने कार्य सम्पन्न भएका छन् । मुलुकमा राजनीतिक अस्थिरता उत्पन्न भएर हिंसात्मक द्वन्द्व नचर्केको भए कांग्रेसको नेतृत्वमा नेपाल समृद्धि र विकासमा अझै अगाडि बढिसकेको हुने थियो ।

२००७ सालको जनक्रान्तिमार्फत निरंकुश शासनको अन्धकारबाट प्रजातन्त्रको उज्यालोतर्फ देशलाई बढाएको कांग्रेसले २०४६ सालमा लोकतन्त्रको पुनर्वहाली भएपछि ल्याएका उदारबादी, खुला र प्रतिस्पर्धात्मक नीतिले नेपाललाई विकासको आधुनिक युगतर्फ प्रवेश गराएको छ । २०४८ को आमनिर्वाचन पछि बनेको सरकारले लिएको खुला आर्थिक नीतिले देशमा बैंक तथा वित्तीय संस्थाको व्यापक विस्तार भयो । सहकारी अभियान देशव्यापी भयो । नयाँ औद्योगिक नीतिले निजी क्षेत्रमा धेरै उद्योग स्थापना हुनुको साथै वैदेशिक लगानीका उद्योगहरू पनि खुले। अहिले नेपाल केही वस्तुहरूको उत्पादनमा आत्मनिर्भर भई निर्यात गर्ने अवस्थामा पुगेको छ । धेरै वायुसेवा कम्पनीहरू सञ्चालनमा आए। धेरै विश्वविद्यालय खुले। निजी क्षेत्रको लगानीमा शिक्षण अस्पताल र इञ्जिनियरिङ कलेज खुले विद्यालय, कलेज तथा क्याम्पसहरूको विस्तार व्यापक बन्यो सञ्चारको क्षेत्रमा निजी लगानी थपियो। पत्रपत्रिका, रेडियो, टेलिभिजन, अनलाईन मिडियाहरू सञ्चालनमा आए जलविद्युत निर्माणमा निजी क्षेत्र आयो। वैदेशिक रोजगारी खुल्यो यी प्रयासले नेपाल अल्प विकसितबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने अवस्थामा पुगेको छ। सरकारले शिक्षा, स्वास्थ्य र खानेपानी जस्ता क्षेत्रमा व्यापक लगानी गरेकोले नेपाली जनताको औसत आयु बढेर ७१ बर्ष भन्दामाथि (७१.४५ वर्ष) पुगेको छ।

हाम्रो प्रतिबद्धता

हामी विगतमा अरुले गरेका र आफैबाट पनि कमी कमजोरी भएका छन् भने तिनलाई सुधार गर्न प्रतिबद्ध छौं। हामी नेकपा एमालेका अध्यक्ष के।पी। ओलीले जसरी पानी जहाज ल्याउने, घरघरमा ग्याँस पाइप पुयाउने र रेल ल्याउने जस्ता ठूला कुरा गरेर जनतालाई अल्मल्याउन चाहदैनी कुरा ठूला गर्ने, काममा इमान्दारी नदेखाउने, देशको स्रोत साधनको दुरुपयोग र भ्रष्टाचार गर्ने प्रवृत्तिको हामी विरुद्धमा छो। अरु कुरा गर्छन्, नेपाली कांग्रेस काममा विश्वास गर्दछ ।

अन्त्यमा, स्थानीय सरकार लोकतन्त्रको महत्वपूर्ण आधार हो । जनताको अधिकार र सेवाको दैनिक आवश्यकतासँग जोडिएको यो सरकारमार्फत इमान्दारीपूर्वक यहाँको सेवामा समर्पित हुँदै हामी स्थानीय तहको विकास निर्माणलाई गति दिन चाहन्छौं । समाजलाई समुन्नतितर्फ बढाउने प्रतिबद्धता व्यक्त गर्दछौं । यही वैशाख ३० गते सम्पन्न हुने स्थानीय तह निर्वाचनमा रुख चिन्हमा मतदान गरी नेपाली कांग्रेसका उम्मेदवारहरूलाई अत्यधिक बहुमतले विजयी बनाउनुहुन हार्दिक अपिल गर्दछौं । जय नेपाल

‘अरु कुरा गर्छन्, हामी काम गछौं ‘।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *