ईश्वर मन्दिर संस्थाले वीर अस्पताललाई चिकित्साजन्य उपकरण हस्तान्तरण

काठमाडौं । देशको जेठो स्वास्थ्य प्रदायक संस्था वीर अस्पताललाई ईश्वर मन्दिर संस्थाले चिकित्साजन्य उपकरण हस्तान्तरण गरिएको छ । काठमाडौंस्थित ईश्वर मन्दिर संस्थाले दुई थान ईलेक्ट्रोलाइट एनालाईजर उपकरण उपलब्ध गराएको हो । उपकरण हस्तान्तरण समारोहमा संस्थाका संरक्षक तथा पूर्व अर्थमन्त्री शंकरप्रसाद कोइरालाले विरामीको ठूलो चाप धान्दै आएको मुलुकको ऐतिहासिक अस्पताललाई उपचार सेवामा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।

उनले सरकारी विद्यालयमा पढिरहेका विद्यार्थीका लागि ई लनिङ सेन्टर स्थापना गरी उनीहरुको क्षमता विकास लागिरहेको संस्था स्वास्थ्य सेवामा जोडिन पाउँदा खुसी लागेको बताए । अस्पतालका कार्यकारी निर्देशक डा. भूपेन्द्र बस्नेतले वीर अस्पतालमा उपचार गर्न आउने अधिकांश विपन्न वर्गका जनता हुने भएकाले यस्ता उपकरणको सहयोगले उपचार सेवा थप प्रभावकारी हुने बताए ।

उपकरणको अभावमा धेरै रोगीको ज्यान जाने गरेको दृष्टान्त दिँदै निर्देशक बस्नेतले उपकरण उपलब्ध गराउने दाताप्रति आभार प्रकट गरेका छन् । विभिन्न संवेदनशील रोगको रक्त परीक्षणमा उपयोग हुने सो उपकरणको बजार मूल्य आठ लाख पर्ने बताइएको छ । उक्त उपकरण अष्ट्रेलिया रहेका नेपालीहरुको साझा संस्था अम्याजिङ प्यारेन्टसले उपलब्ध गराएको हो । सो संस्था बालबालिका बहुआयामिक विकासका क्षेत्रमा कार्यरत छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *