बिल गेट्सलाई कोभिड सङ्क्रमण पुष्टि

काठमाडौँ । माइक्रोसफ्टका सहसंस्थापक बिल गेट्सले बुधबार आफूलाई कोभिड–१९ सङ्क्रमण भएको भन्दै आफ्नै निवासमा एकान्त (क्वारेन्टाइन) मा रहेको जानकारी गराएका छन् ।

उनिद्वारा ट्वीटरमा जारी सन्देशमा आफूले पूर्ण मात्रा खोप लगाएको, परीक्षण र चिकित्सा उपचार लिइरहेको बताइएको छ । “मलाई कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । अहिले मलाई कोभिडका हल्का लक्षणहरू देखिएको अनुभव गर्दैछु र म फेरि स्वस्थ नभएसम्म अलग्गै रहेर विशेषज्ञहरूको सल्लाह पालना गर्दैछु,” उनले भने । “मैले बुस्टरसहित तीन वटै खोप लगाइसकेको छु । खोप लगाउन, परीक्षण तथा महान चिकित्सा उपचारको पहुँच पाएकोमा म आफूलाई भाग्यशाली ठानेको छु,” उनले ट्वीटमा भनेका छन् ।

उहाँ आफ्नो बिल एण्ड मेलिन्दा गेट्स फाउन्डेशनसँग कोभिड–१९ निदान, उपचारात्मक र खोप वितरणको विश्वव्यापी प्रयासमा सक्रिय सहभागी हुनुभएको छ । विश्वका अति धनाड्य व्यक्ति अर्बपति बिल गेट्सले ‘अर्को महामारीलाई कसरी रोक्ने’ शीर्षकमा नयाँ किताब मे को सुरुतिर प्रकाशन तथा सार्वजनिक गर्ने तयारी गरिरहनुभएको बताइएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published.