एक हजारले घट्यो सुनको मुल्य, तोलाको कसरी ?

काठमाडौँ । नेपाली बजारमा आज (बुधबार) पनि सुनको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको भाउ बुधबार तोलामा १ हजार रुपैयाँले घटेर ९७ हजार रुपैयाँ कायम भएको छ । तेजावी सुनको भाउ तोलाको ९६ हजार ५ सय रुपैयाँ निर्धारण भएको छ ।

त्यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । मंगलबार तोलामा एक हजार २७५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार ३० रुपैयाँले घटेर एक हजार २४५ मूल्य कायम भएको महासंघले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *