कास्कीमा विगतको चुनाव : मत कम खस्ने, बदर धेरै हुने

काठमाडौँ । कास्की सचेत र साक्षर जिल्लाका रूपमा परिचित छ । सचेत जिल्लामा पनि मतदाता भने खासै सचेत देखिएका छैनन् । यसअघिको निर्वाचन हेर्दा निर्वाचनबारे यहाँका मतदाता धेरै सचेत नभएको देखिन्छ । अधिकांश मत हाल्नै जाँदैनन् भने मतदान गरेकाले पनि धेरै बदर गरेका छन् ।

२०४८ को निर्वाचनमा क्षेत्र नम्बर १ बाट ६६ प्रतिशत मात्रै मत खसेको थियो । त्यसमध्ये झन्डै ३ प्रतिशत बदर भएको थियो । ६२ हजार आठ सय १४ मतदातामध्ये ४१ हजार ९ सय ८० मत खसेकोमा एक हजार एक सय १३ मत बदर भएको थियो । क्षेत्र नम्बर २ मा अझै कम ६४ प्रतिशत मत खसेको थियो । ७६ हजार सात सय २० मतदातामध्ये ४९ हजार एक सय २९ ले मतदान गरेकोमा एक हजार एक सय ८३ मत बदर भएको थियो ।

क्षेत्र नम्बर ३ मा ६७ प्रतिशत मत खसेको थियो । ५६ हजार चार सय ११ मतदातामध्ये ३८ हजार ७८ मत खसेको र एक हजार दुई सय ९१ मत बदर भएको थियो । २०५१ को चुनावमा अझै कम मत खसेको छ । क्षेत्र नम्बर १ मा ७२ हजार ७६ मतदातामध्ये ४२ हजार सात सय २७ मत खसेको र पाँच सय ३१ मत बदर भएको थियो ।

क्षेत्र नम्बर २ मा ८८ हजार ६ सय २५ मतदातामध्ये ५१ हजार तीन सय ३६ मत खसेको थियो । नौ सय ८३ मत बदर भएको थियो । क्षेत्र नम्बर ३ मा ६२ हजार नौ सय ४५ मतदाता थिए । ३७ हजार पाँच सय १९ मत खसेकोमा एक हजार २६ मत बदर भएको थियो ।

२०५६ को चुनाव हेर्दा औसत मत खसेको छ । क्षेत्र नम्बर १ मा ७५ हजार पाँच सय ९५ मतदातामा ४९ हजार ६ सय ८७ अर्थात् ६५ प्रतिशत मत खसेको पाइन्छ । सात सय १० मत बदर भएको थियो । क्षेत्र नम्बर २ मा ८६ हजार चार सय ७६ मध्ये ५६ हजार चार सय २१ मत खसेको र एक हजार चार सय २६ मत बदर भएको थियो ।

क्षेत्र नम्बर ३ मा ६२ हजार एक सय ७५ मतदातामध्ये ४२ हजार एक सय २७ मत खसेको र आठ सय ३२ मत बदर भएको थियो । सबैभन्दा बढी मत २०६४ मा भएको देखिन्छ । क्षेत्र नम्बर १ मा ८९ हजार चार सय ८३ मतदाता रहेको यहाँ ४९ हजार नौ सय ६१ मत खसेको थियो । एक हजार सात सय ६ मत बदर भएको थियो । समग्रमा ५५ प्रतिशत मत खसेको र करिब ४ प्रतिशत मत बदर भएको थियो ।

क्षेत्र नम्बर २ मा ७२ हजार ६७ मतदातामध्ये ४१ हजार तीन सय २४ मत खसेको र एक हजार पाँच सय २७ अर्थात् करिब ४ प्रतिशत मत बदर भएको थियो । ६७ हजार आठ सय ५२ मतदाता रहेको क्षेत्र नम्बर ३ मा ३८ हजार नौ मत खसेको थियो । यो मत जम्मा ५६ प्रतिशत हो । एक हजार दुई सय ४० मत बदर भएको थियो ।

क्षेत्र नम्बर ४ मा ८६ हजार दुई सय ३३ मतदातामा ४८ हजार ९३ मत खसेको थियो भने ४ प्रतिशतभन्दा बढी बदर भएको थियो । २०७० सालको चुनावमा हालसम्मकै धेरै मत खसेको छ । क्षेत्र नम्बर १ बाट ५४ हजार ६ सय ६३ मतदातामध्ये ४२ हजार एक सय ९९ मत खसेको र एक हजार पाँच सय २५ मत बदर भएको थियो ।

क्षेत्र नम्बर २ मा ४८ हजार ६ सय २५ मतदातामध्ये ३७ हजार ७० मत खसेको थियो भने एक हजार ६ सय १० बदर भएको थियो । क्षेत्र नम्बर ३ मा ४१ हजार दुई सय १८ मतदातामभ्ये ३२ हजार ५४ मत खसेको थियो भने एक हजार ४६ बदर भएको थियो ।

क्षेत्र नम्बर ४ मा ५३ हजार एक सय ६२ मतदातामध्ये ४० हजार नौ सय १९ मत खसेको थियो । यसमा एक हजार नौ सय ९५ मत बदर भएको थियो । स्थानीय तहको निर्वाचनअन्तर्गत अन्नपूर्ण गाउँपालिकामा १५ हजार पाँच सय ६९ मतदातामध्ये ११ हजार चार सय ५० अर्थात् ७३ प्रतिशत मात्रै मत खसेको थियो । त्यसमा पनि करिब २ प्रतिशत मत बदर भएको थियो ।

पोखरा महानगरपालिकाको एक लाख ६८ हजार ६८ मतदातामध्ये एक लाख २५ हजार आठ सय ५३ अर्थात् करिब ७५ प्रतिशत मत खसेकोमा बदरको विवरण कसैले राखेका छैनन् । माछापुच्छ्रे गाउँपालिकाका १६ हजार तीन सय दुई मतदातामध्ये १२ हजार तीन सय ८८ जनाले मत खसालेका थिए । सबैभन्दा बढी मत यही पालिकामा खसेको थियो । यहाँ सवा १ प्रतिशत मत बदर भएको थियो ।

मादीमा १३ हजार पाँच सय ५९ मतदातामध्ये नौ हजार आठ सय ८० मत खसेकोमा एक सय १७ मत बदर भएको थियो । रुपामा ११ हजार तीन सय १५ मतदातामध्ये आठ हजार दुई सय ६० जनाले मतदान गरेका थिए । यहाँको पनि बदर मत संकलन गरिएको थिएन । प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा समेत ६० देखि ६५ प्रतिशत मत खसेको छ भने बदर उस्तै बढेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *