माधव नेपालको मुद्दा फेरि हेर्न नभ्याइनेु सूचीमा

काठमाडौं । सांसद पद थमौती गर्न माग गर्दै नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले दायर गरेको रिट फेरि हेर्न नभ्याइने सूचीमा परेको छ । सुनुवाइका लागि रिटको पेसी न्यायाधीशद्वय अनिलकुमार सिन्हा र तिलकुमार श्रेष्ठको संयुक्त इजलासमा तोकिएको थियो।

यसअघि १० चैत २०७८ मा पनि रिटको सुनुवाइ हेर्न नभ्याइने सूचीमा राखिएको थियो । नेपालले एमाले वरिष्ठ नेताको हैसियतबाट ९ वैशाख २०७७ मा रिट दायर गरेका हुन् । अन्य रिट निवेदकहरू भने भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाल हुन् । हाल नेपालबाहेक सबै एमालेमै छन् । उनीहरूले रिटमार्फत सर्वोच्च अदालतको २३ फागुनको फैसलाविपरीत पार्टीलाई एकलौटी चलाएर ‌‌‌ओलीले राजनीतिक जीवन नै समाप्त गर्ने दूराशयपूर्ण मनोभावना राखी सांसद पदबाट हटाउन खोजेको उल्लेख गरेका छन् ।

२८ फागुन २०७७ र ७ चैत २०७७ तथा ६ वैशाख २०७८ मा एमालेले गरेको निर्णय र सोही निर्णयलाई आधार मानेर ओलीले कारबाही गर्न लागेको पनि उल्लेख छ ।

नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीलाई कामकाज गर्न दिन रिटमार्फत उनीहरूले परमादेश पनि माग गरेका थिए । १३ वैशाख २०७८ मा न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले विपक्षीको नाममा कारण देखाउ आदेश जारी गरेको थियो । त्यसपछि रिटको पेसी १० चैत २०७८ मा तोकिएको थियो । तर, ‘हेर्न नभ्याइने’ भनियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *