रोटरी क्लबले दियो स्कुललाई शुद्ध खाने पानी, मेसिन र १६ वटा सौचालय

काठमाडौं । रोटरी क्लब अफ पाटन वेस्टले सप्तरीको कन्चनरुप नगरपालिकास्थित शंखर माध्यमिक विद्यालयलाई ह्यापी स्कूल प्रोजेक्टअन्तर्गत शुद्ध पिउने पानी, छात्राहरुको लागि स्यानिटरी प्याड भेन्डर मेसिन, सरसफाईको व्यवस्था एवं छात्र छात्राहरुको लागि छुट्टाछुट्टै १६ वटा शौचालय तथा युरिनल घर निर्माण गरि हस्तान्तरण गरेको छ ।

लेट क्याप्टेन स्टेफन श्रेष्ठ वेलफेयर फण्डका चेयरपर्सन डा. प्रेमलाल श्रेष्ठको पहलमा उक्त विद्यालयलाई सहयोग गरेको रोटरी क्लब पाटन वेस्टका प्रोजेक्ट चेयरपर्सन प्रदिपमान वैद्यले बताए । अमेरिकी डलर ३३ हजार १७ (करिव ३५ लाख रुपैयाँ) मा बनेको यस प्रोजेक्टमार्फत १ हजार ४ सय जना विद्यार्थी प्रत्यक्ष लाभान्वित हुनेभएका छन् । यस परियोजनाको अनावरण कन्चनरुप नगरपालिकाका मेयर बसन्त मिश्रले गरे ।

यस परियोजनालाई सम्पन्न गर्न रोटरी क्लब अफ पाटन वेस्टका मेन्टर तथा पास्ट प्रेसिडेन्ट प्रदिप मान वैद्य, पास्ट प्रेसिडेन्ट तथा बर्ष २०२१/२०२२ का असिस्टेन्ट गभर्नर सुरेन्द्र शाही ठकुरी, प्रेसिडेन्ट शिव नारायण सिंह, प्रेसिडेन्ट नोमिनी सुदिपकुमार बानिया, सहकोषाध्य्क्ष प्रेस्का गिरी, सहसचिब सरस्वती योन्जनको उपस्थित थियो । परियोजनाका चेयरपर्सन प्रदीपमान बैधले करिब एक वर्षको अवधिमा निर्माण भएको यस परियोजनाले शुद्ध खानेपानी तथा सरसफाई तथा छात्रछात्राहरुको लागि छुट्टा छुट्टै हात धुने ठाँँउ बनाइ दिने बताए ।

उनले शिक्षक प्रशिक्षण तालिम पनि यथासिध्र प्रदान गर्ने कार्यक्रम रहेको जानकारी दिए । यस प्रोजेक्टको इन्टरनेसनल पार्टनर रोटरी क्लब अफ सांग्ली मिडटाउन, ईन्डिया रहेको उनले जानकारी गराए । रोटरी क्लब अफ पाटन वेस्टका पूर्वअध्यक्ष सुरेन्द्र शाही ठकुरीको कार्यकालमै ५ पाँच बर्षसम्म निरन्तर रुपमा सहयोग गर्ने गरी उक्त विद्यालयमा परियोजना सुरु गरिएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *