आचारसंहिताविपरीत खुलेआम मादक पदार्थ बिक्री

काठमाडौँ । स्थानीय तहको निर्वाचनको मंगलबार मध्यराति १२ बजेबाट मौन अवधि सुरु भएको छ । मौन अवधिमा राजनीतिक गतिविधिसहित मदिरा बिक्री वितरण र सेवनमा रोक लगाइएको छ । तर, बारामा बुधबार राति खुलमखुला मदिरा बिक्री गरिएको भेटियो ।

शुक्रबार हुने स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय बाराले मादक पदार्थ ओसारपसार, बिक्री वितरण तथा सेवनमा रोक लगाएको छ । तर, मादक पदार्थ बिक्री वितरण भने भइरहेको छ ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण बनाउन प्रशासनले मंगलबार राति १२ बजेदेखि मतदान सम्पन्न नभएसम्मका लागि मादक पदार्थ ओसारपसार, बिक्री वितरण र सेवन नगर्न नगराउन दिएको निर्देशनविपरीतका कार्य भइरहेका छन् ।

बाराको सबै पालिकामा खुलेआम मादक पदार्थ ओसारपसार, बिक्री वितरण तथा सेवन भइरहेको पनि सम्बन्धित निकाय मैन देखिन्छ । बुधबार राति ९ बजेसम्म पनि बाराका बिभिन्न ठाँउमा मादक पदार्थ बिर्की भइरहेको पाइयो । प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटवालले बारामा १६ वटै पालिकामा हाल मादक पदार्थ निषेध भएकाले कोही कसैले उल्लंघन गरेको भए कारबाही गरिने जानकारी दिए ।

सोमबार जारी गरेको सूचनामा स्थानीय तह निर्वाचन निर्देशिका २०७८ दफा ७१ (मादक पदार्थ निषेध गर्ने)मा भएको व्यवस्थाको कार्यान्वयनका लागि मादक पदार्थको ओसारपसार, बिक्री वितरण र सेवनमा कडाइ गरेको उल्लेख छ तर बारामा जिल्ला प्रशासन कार्यालयले जारी गरेको आदेश कागजमा मात्रै सिमित भएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *