ओलीको अपिल– चलखेल गर्नेको पहिचान गरी सम्बन्धित निकायमा खबर गर्नुहोला

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मौन अवधीमा मतदातालाई सम्बोधन गर्दै चलखेल गर्नेको पहिचान गरी सम्बन्धीत निकायमा खबर गर्न अनुरोध गरेका छन् ।

‘मौन अवधि चलिरहेको छ । यो समयमा मतदाता भड्काउन अनेक चलखेल हुन सक्छ, त्यसता कार्य गर्ने सबैलाई प्रतिवाद गरी तिनको पहिचान गरी सम्बन्धीत निकायमा खबर गर्नुहोला,’ ओलीले एमालेको आधिकारिक फेसबुक पेज मार्फत भनेका छन् । उनले सबैलाई मतदान पक्रियामा सहभागी हुन पनि अनुरोध गरेका छन् ।

‘समृद्ध नेपाल सुखी नेपालीका लागि सबै सभ्य नागरिक मतदान प्रकृयामा सहभागिता हुनुहोला,’ ओलीले भनेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *