आज बैशाख ३० गतेको सानो किश्सा

काठमाडौँ । करिब ४ : ५५ उठे अनि विहानको दैनिकी भ्याएपछी किचनमा गए । आज मैले खाना बनाउनै पर्ने श्रीमतीको अर्डर आयो । किन रे भन्दा बुथ प्रतिनिधि भएर म डिउटीमा छु । आज म केही गर्न भ्याउदिन । सहर्ष स्वीकार गरे करिब ६: १५ बजेको हुनुपर्छ त्यो बेला ।

यसो सोचे आजको दिन त बाहिर खाए हुन्न ? मनले मानेन अनि किचनमा माथी चढे ७ बजे । यसो किचन नियालेर हेर राईस कुकरमा चामल र पानी ठिक पारेर (भिजाएर) राखेको रहेछ । राईस कुकुर अन गर्नु अघि फेरि बिर्को खोलेर हेरे पानीको मात्रा कम लाग्यो । थोरै पानी थप्ने क्रममा कसैले भनेको राईस कुकुरमा खाना बनाउने टिप्स याद आयो र त्यो फलो गरे ।

टिप्स केही गाह्रो छैन मात्र राईस कुकरमा खाना बसाउनु अघि चामललाई १५ मिनेट भिज्न दिनुपर्छ राईस कुकरकै भाडामा । अनि पावर अन गर्नु अघि दुई चिम्टी नुन र एक चम्चा घिउ राखेर नुनलाई सबै चामलका दानाहरुमा पुगोस भनेर पन्युले हल्लाउनु पर्छ । एउटा कुरा के याद राखौ भने अघि राखेको नुनको मात्रा दाल, तिउन-तरकारी र अचारमा राख्ने नुनको मात्रामा घटाउनु पर्छ । मैले आजै यो टिप्सको उपभोग गरेर खाना पकाएर खाएर अहिले kathmandunews.com को फिल्ड रिपोर्टिङमा छु यो टिप्स एकचोटि फलो गर्नुस अनि सधै गरिरहनु हुनेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *