तनहुँमा श्रममन्त्री श्रेष्ठले गरे मतदान

काठमाडौँ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ (किसान) व्यास स्थानीय तहको जनप्रतिनिधि छनोट गर्न मतदान गरेका छन् । मन्त्री श्रेष्ठले व्यास नगरपालिका–४ मा रहेको मदर्सा आधारभूत विद्यालयको मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

उनले सिंहदरबारको अधिकार गाउँमा भन्ने नारालाई सार्थक बनाउने गरी स्थानीय सरकारले काम गर्नुपर्ने बताए । सञ्चारकर्मीसँगको संक्षिप्त प्रतिक्रिया दिँदै उनले भने, ‘जनप्रतिनिधि सेवक बन्न सक्नुपर्दछ ।’

यस्तै, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले व्यास नगरपालिका–२ सत्यवती मावि मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले स्थानीय सरकारले विकासको खाका कोरेको बताए । संघीयताको कारण विकासले फड्को मारेको उनको भनाई छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *