थवाङ झडपपछि सम्पर्कविहीन भएका अझै भेटिएनन्

काठमाडौँ । रोल्पाको थवाङमा बिहीबार राति भएको झडपमा परी सम्पर्कविहीन भएका दुई जना अझै भेएिका छैनन् । थवाङ गाउँपालिका–४ उवा टिकरीबाङमा झडपमा परी थवाङ गाउँपालिका– ४ तेलखोलाका २५ वर्षीय रमन घर्तीमगर र सोही ठाउँका २४ वर्षीय विस्तार घर्तीमगर सम्पर्कमा नआएको प्रहरीले जनाएको छ ।

माओवादी केन्द्र र एमाले–कांग्रेस गठबन्धनका कार्यकर्ताहरुबीच झडप भएपछि यी दुई जना सम्पर्कविहीन भएका थिए । उनीहरु आफन्तको सम्पर्कमा पनि नरहेको र खोजीकार्य भइरहेको जिल्ला प्रहरी प्रमुख विनोद घिमिरेले बताए ।

घटनापछि थवाङ– ४ तेलखोलाका साज्जन घर्ती र सोही ठाउँका बुद्धि रोकामगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरु माओवादी कार्यकर्ताहरु हुन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *