श्रीलंकामा नयाँ प्रधानमन्त्री नियुक्ति

काठमाडौँ । श्रीलंकाका राष्ट्रपति गोटाबाय राजापाक्षेले नयाँ प्रधानमन्त्री नियुक्त गरेका छन् । राजनीतिक तथा आर्थिक संकट गहिरिएका बेला राष्ट्रपति गोटाबायले विपक्षी दलका वरिष्ठ सांसद रनिल विक्रमासिंघेलाई नयाँ प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् । राजीनामाको आह्वानलाई बेवास्ता गरिरहेका र राष्ट्रिय सम्बोधनमा व्यवस्था पुनस्र्थापित गर्ने प्रतिबद्धता जनाइरहेका बेला राष्ट्रपतिको पछिल्लो कदम आएको हो ।

महिन्दा राजापाक्षेले राजीनामा दिएपछि भएका प्रदर्शनमा ९ जनाको मृत्यु हुनुका साथै २०० जना घाइते भएका छन् । आफ्नो राष्ट्रव्यापी सम्बोधनमा गोटाबायाले संसदमा बहुमत प्राप्त गर्ने र नयाँ मन्त्रिपरिषद्को नेतृत्व गर्ने नयाँ प्रधानमन्त्री नियुक्त गर्ने बताएका थिए ।

विक्रमासिंघे श्रीलंकाको राजनीतिक परिदृश्यमा दशकौंदेखि छन् । प्रधानमन्त्रीको रूपमा उनको यो छैटौं कार्यकाल हुनेछ । यद्यपि, उनले अहिलेसम्म आफ्नो कार्यकाल पूरा गर्न पाएका छैनन् । उनलाई राजापाक्षेको नजिकको रूपमा हेरिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *