अर्थमन्त्री जनार्दन शर्माले गरे मतदान

काठमाडौँ । अर्थमन्त्री एवं नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले मतदान गरेका छन् । रुकुम पश्चिमको मुसीकोट नगरपालिका– ५ को यमुना नन्द नमुना माध्यमिक विद्यालयको ‘क’ मतदान केन्द्रबाट उनले मतदान गरेका छन् ।

मन्त्री शर्माले बिहान ७ बजे नै मतदान गरेको मतदान अधिकृत बिनाराम खड्काले जानकारी दिए । देशभर शुक्रबार बिहान ७ बजेदेखि मतदान सुरु भएको र त्यसलगत्तै मन्त्री शर्मा मतदान गरेर फर्किएको उनले बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *