जसपा अध्यक्ष यादव र डा. कोइरालाद्वारा मतदान

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले विराटनगर महानगरपालिका–१४ स्थित विज्ञान सङ्काय स्नातकोत्तर क्याम्पस मतदान केन्द्रमा आज मतदान गरेका छन् । यसैगरी नेपाली कांग्रेसका केन्द्रीय सदस्यद्वय डा. शेखर कोइराला र सुजाता कोइरालाले विराटनगर–७ स्थित आदर्श माध्यमिक विद्यालय केन्द्रमा मतदान गरेका छन् । यस्तै कांग्रेस केन्द्रीय सदस्य अमृत अर्यालले विराटनगर–१० स्थित भानु आधारभूत विद्यालयमा मतदान गरेका छन् ।

त्यस्तै कांग्रेसका विराटनगर महानगरपालिकामा प्रमुखका उम्मेदवार नागेश कोइराला, राप्रपाका प्रमुखका उम्मेदवार प्रल्हादप्रसाद साहले विराटनगरको सरस्वती उच्च मावि मतदान केन्द्रमा मतदान गरेका छन् । नेकपा (एमाले)का प्रमुखका उम्मेदवार सागर थापाले विराटनगर–४ स्थित आधारभूत विद्यालयमा मतदान गरेका छन् ।

विराटनगर महानगरपालिका निवर्तमान प्रमुख भीम पराजुलीले पूर्वाञ्चाल विद्यालय इञ्जिनीयरिङ क्याम्पस मतदान केन्द्रमा मतदान गरेका छन् । यसैगरी एमाले उपप्रमुख पदकी उम्मेदवार शिल्पा निराला कार्कीले विराटनगर–११ जनपथ उच्च मावि, जसपाका उपप्रमुख पदका उम्मेदवार अमरेन्द्र यादवले विज्ञान सङ्काय स्नातकोत्तर क्याम्पसमा मतदान गरेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *