तनहुँको एक होटलमा १५ वर्षीया किशोरी बलात्कृत

काठमाडौँ । तनुहँमा एक जना १५ वर्षीया किशोरी बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको अभियोगमा शुक्लागण्डकी नगरपालिका–६ बस्ने १९ वर्षीय रोशन मगरलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

सोही नगरपालिका–४ दुलेगौडास्थित होटल एण्ड लजमा मगरले ती किशोरीलाई बुधबार राति बलात्कार गरेको प्रहरीले जनाएको छ । बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय वेलचौताराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस घटनाका सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *