रुसी हमलामा युक्रेनको नेसनल गार्डका ५६० भन्दा बढी मारिए : युक्रेन

काठमाडौँ । युक्रेनमाथि भएको रुसी हमलामा युक्रेनको नेसनल गार्डका ५६० भन्दा बढी सेना मारिएका छन् । मारिनेमा हाल मारिओपोलको स्टिल कारखानामा रहेका रेजिमेन्ट पनि रहेका गार्डका नेताले जनाएका छन् । २४ फेब्रुवरीमा आक्रमण सुरु भएदेखि ५६१ जना मारिएकाबाहेक थप १६९७ सैनिकहरू घाइते भएका नेसनल गार्डका प्रमुख ओलेक्सी नाडटोचीले एउटा अनलाइन ब्रिफिङ भने ।

रुसी हमलामा मारिनेको संख्याबारे दुबै देश मौन रहेका बेला युक्रेनी पक्षबाट आफ्ना मारिने सेनाको तथ्यांक सार्वजनिक भएको हो । युक्रेनी र रुसी अधिकारीहरू क्षतिबारे खासै खुलेका छैनन् ।

युक्रेनी अधिकारीहरूले युद्धमा मारिएका सेनाहरूको बारेमा तथ्यांकबारे विरलै जारी गरेका छन् न त किभको रक्षा मन्त्रालय र मस्कोले सैन्य क्षतिको बारेमा कुनै जानकारी प्रदान गरेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *