संस्कृतिविद् जोशीको १०३औँ जन्मदिन : मतदान नगर्ने

काठमाडौँ । संस्कृतिविद् एवं वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको १०३औँ जन्मदिन आज परिवारिकरुपमा मात्र मनाइने भएको छ । स्थानीय तहको निर्वाचनको दिन परेको र सवारी साधन आवतजावतमा समस्या भएकाले आफ्नो पारिवारका सीमित सदस्यबीच जन्मदिन मनाउन लागिएको जोशीका माइला छोरा हेमन्तले जानकारी दिएका छन् ।

केही दिनदेखि श्वासप्रश्वासमा समस्या आएपछि उनिलाई समय समयमा अक्सिजन दिनुपरेकाले पनि मतदानका लागि जान कठिन भएको उनले जानकारी दिएका छन् । बुबालाई अहिले अरुको सहारामा पनि मतदान केन्द्रसम्म जान सक्ने अवस्था नभएको हेमन्तले बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *