पुर्चौडी-१० मा कांग्रेसका उम्मेदवार विष्ट विजयी

काठमाडौँ । बैतडीको पुर्चौडी नगरपालिका-१० को वडा अध्यक्षमा नेपाली कांग्रेसका हिक्मतबहादुर विष्ट विजयी भएका छन् । उनी चार सय ८६ मतसहित विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्धन्द्धी नेकपा एमालेका उम्मेदवारले चार सय ६८ मत प्राप्त गरेका छन् ।

वडा अध्यक्षसहित तीन सदस्य नेपाली कांग्रेसबाट विजयी भएका छन् भने एक वडा सदस्यमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्को ।

पुर्चौडीमा अहिले सम्मको मतगणना अनुसार नगरप्रमुखमा कांग्रेसको अग्रता कायम छ । नगर प्रमुखका उम्मेदवार दिपक बलमे पाँच सय सय ७५ मत प्राप्त गरेका छन् भने, नेकपा एमालेका कर्णबहादुर कुँवरले चार सय २३ मत प्राप्त गरेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *