बूढानीलकण्ठ नगरपालिकाको वडा नं १ मा एमालेको पुरै प्यानल विजयी

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ।

एमाले नेता कृष्णगोपाल श्रेष्ठका अनुसार वडाअध्यक्षसहित सबै सदस्यमा एमाले विजयी भएको हो । अध्यक्ष उम्मेदवार सुरेन्द्र लामाको टिम नै विजयी भएको हो ।

मतपरिणाम भने औपचारिक रुपमा सार्वजनिक भइसकेको छैन। वडा अध्यक्षमा काँग्रेसका उम्मेदवारलाई चार सय बढी मतले एमालेका उम्मेदवारले पराजित गरेको उनको भनाइ छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *