मनाङ ङिस्याङ गाउँपालिकाअध्यक्षमा एमालेको अग्रता

काठमाडौँ । मनाङको मनाङ ङिस्याङ गाउँपालिकाको जारी मतगणनामा एमालेको तर्फबाट अध्यक्षका उम्मेदवार कान्छा घलेले ६६८ मत ल्याउँदै अग्रता कायम गरेका छन् । जिल्लामा सबैभन्दा धेरै ३ हजार ५ सय ३५ मतदाता रहेको मनाङ ङिस्याङ गाउँपालिकामा १ हजार ६ सय ५७ मत अर्थात ४६ दशमलब ८७ प्रतिशत मात्रै मत खसेको छ ।

कांग्रेसको तर्फबाट अध्यक्षका उम्मेदवार छिरिङ ओङमा गुरुङ घलेले ५२६ मत ल्याएकी छन् । यस्तै, स्वतन्त्रबाट उपाध्यक्षका उम्मेदवार छिरिङ गुरुङले ५९९ मत ल्याएका छन् । रिन्जेन धोर्जे गुरुङले ५०७ मत ल्याएका छन् ।

यसैबीच वडा नम्बर १ को अध्यक्षमा एमालेका मिङमर गुरुङ १६२ मतसहित विजयी भएका छन् । वडा नम्बर २ को अध्यक्षमा कांग्रेसका खम्बा गुरुङ ६४ मतसहित विजयी भए । वडा नम्बर ३ मा स्वतन्त्रका कृष्ण लामा यसअघि नै निर्विरोध भएका थिए ।

यस्तै, वडा नम्बर ४ मा एमालेका कमल गुरुङ ८७ मतसहित विजयी भए । वडा नम्बर ५ मा कांग्रेसका कर्म सेरप वाङगेल लामा १११ मतसहित विजयी भए । वडा नम्बर ६ मा एमालेका सोनाम गुरुङ १३५ मतसहित विजयी भएका छन् । वडा नम्बर ७ मा कांग्रेसका गुरक्याप गुरुङ ८७ मतसहित विजयी भएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *