रसुवाको कालिका गाउँपालिका-१ मा माओवादीको प्यानल नै विजयी

काठमाडौँ । रसुवाको कालिका गाउँपालिका–१ को मतपरिणाम सार्वजनिक भएको छ । नतिजाअनुसार वडा नम्बर १ मा नेकपा माओवादी केन्द्रको प्यानल नै विजयी भएको छ ।

नेकपा माओवादी केन्द्रका दावा तामाङले पाँच सय ६६ मत ल्याएर विजयी भएका छन् । उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका छेवाङ सेनाम तामाङले पाँच सय ४८ मत ल्याए । यस्तै, नेकपा एमालेका आङतेम्बाले एक सय ७२ मत ल्याएका छन् । महिला सदस्यमा कल्पना तामाङ, दलित महिला सदस्यमा ज्योतिसरा परियार, खुला सदस्यमा लक्षिण लामा तामाङ र उर्पा थोक्रा तामाङ विजयी भएका हुन् ।

०७४ सालको निर्वाचनमा पनि माओवादी केन्द्रले विजयी हासिल गरेको थियो । वडाध्यक्षमा विजयी तामाङ यसअघि नेपाल पत्रकार महासंघ रसुवाका सचिव तथा जिल्ला खेलकुद विकास समिति रसुवाका अध्यक्ष थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *